छोरी जन्मिए बैंक खाता

छोरी जन्मिए बैंक खाता

दैलेख : भैरवी गाउँपालिका–५ की ममता थापाले कात्तिक पहिलो साता छोरी जन्माइन्। परिवारले जन्मदर्ता गरिदिएपछि सातामै गाउँपालिकाले अनिताको नाममा बैंक खाता खोलिदियो। गाउँपालिकाले उनको खातामा एक हजार रुपैयाँ जम्मा गर्‍यो।

गाउँपालिकाले हरेक वर्ष एक हजार रुपैयाँका दरले २० वर्षसम्म उनको खातामा रकम जम्मा गरिदिनेछ। गाउँपालिकाले चालु आर्थिक वर्षदेखि बालिकाका नाममा खाता खोल्न सुरु गरेको हो। यसरी रकम पाउन स्वास्थ्य चौकीमै सुत्केरी भएको हुनुपर्नेछ भने बच्चा जन्माउने आमाको उमेर २० वर्ष पूरा हुनुपर्नेछ। उमेर नपुगी विवाह गरी बच्चा जन्माएका, घरमै जन्मिएका र दुईभन्दा बढी सन्तान जन्माउनेले यस्तो सुविधा पाउँदैनन्।

गाउँपालिकाले ‘छोरी प्रोत्साहन’ कार्यक्रममार्फत छोरीमैत्री गाउँ निर्माण गर्ने अभियान थालेको गाउँपालिका अध्यक्ष प्रेमबहादुर बुढाले बताए। ‘छोरी जन्माउँदा अभिभावकले गर्व गर्ने वातावरण बनाउन खोजिएको हो’, अध्यक्ष बुढाले भने, ‘हामीले खोलिदिएको खातामा अभिभावकले थप रकम जम्मा गरेर छोरीको आधारभूत आवश्यकता पूरा गराउन सक्छन्।’ चौथो गाउँसभाबाट पारित गरेर ‘छोरी प्रोत्साहन’ कार्यक्रम सञ्चालनमा ल्याइएको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद देवकोटाले बताए।

‘बाल विवाह, भ्रूण हत्या, लैंगिक विभेद घटाउन तथा पोषण सुधार र संस्थागत सुत्केरीमा वृद्धि गर्ने ध्येयले ‘छोरी प्रोत्साहन’ कार्यक्रम सुरु गरिएको हो,’ देवकोटाले भने। आमा वा बुबा संरक्षण रहने गरी छोरीका नाममा बैंक खाता खोल्ने गरिएको गाउँपालिकाले जनाएको छ। सरकारले दिने प्रोत्साहन र यातायात रकमबाहेक गाउँपालिकाले पोषण खर्चका लागि थप एक हजार रुपैयाँसमेत दिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.