सुनकोशी बस दुर्घटना : ७ को सामूहिक दाहसंस्कार

सुनकोशी बस दुर्घटना : ७ को सामूहिक दाहसंस्कार

दोलखा : सिन्धुपाल्चोकको सुकुटेमा भएको यात्रुबहाक बस दुबर्घटनामा परी मृत्यु हुने मध्यका ७ जनाको बाह्रविसेको भोटेकोशीमा सामुहिक दाहसंस्कार गरिएको छ। दुर्घटनामा मृत्यु भएका मध्ये शैलुङ गाउँपालिका–५ र ४का ७ जनाको सामुहिक दाहसंस्कार गरिएको शैलुङ गाँउपालिकाका अध्यक्ष भरत दुलालले जानकारी दिए।
    
शैलुङ गाउँपालिका–५का १४ वर्षे रिकेश खड्का, ४५ वर्षिया रत्नकुमारी राउत, उनका छोरा २९ वर्षे किरण राउत, २० वर्षिया कविता राउत, २४ वर्षिया रञ्जीता केसी बस्नेत तथा वडा नम्बर ४ बागखोर मागा माइती भएकी २७ वर्षिया चमेली श्रेष्ठ र उनको छोरी ६ वर्षकी सायरानी श्रेष्ठको सामुहिक दाहसंस्कार गरिएको छ।

    
आइतबार विहान ८ः३० बजे शैलुङ गाउँपालिका–४ बागखोरबाट काठमाडौंको लागि छुटेको शैलुङ यातायातको बा २ ख ७२४५ नम्बरको बस सिन्धुपाल्चोकको सुकुटे सडकखण्डबाट सुनकोशी नदिमा खसेर दुर्घटना हुँदा दोलखा शैलुङ गाउँपालिका-२, ३, ४ र ५ का १५ जना तथा चितवन र उदयपुरको १÷१ जना गरी १८ जनाको मृत्यु भएको थियो। 
    
मृतकहरुमध्ये कोहीको बौद्ध संस्कारअनुसार दाहसंस्कार गर्नु पर्ने भएकोले काठमाडौंको बौद्धमा लगिएको र कोहीका आफन्त काठमाडौंमा रहेकोले पशुपति आर्यघाटमा लगिएको गाउँपालिकाका अध्यक्ष दुलालले जानकारी दिए। 

मृतकमध्ये उदयपुरको विजय तामाङको शव उदयपुर नै लगिने र चितवनकाी पूजा बस्नेतको शव लिन आफन्त सम्पर्कमा आइनसकेकोले काठमाडौंस्थित टिचिङ अस्पतालमा राखिएको प्रहरीले जनाएको छ। 

मृतकको दहासंस्कारको लागि प्रतिमृतक २० हजारको दरले दाहसंस्कार खर्च शैलुङ गाउँपालिकाले उपलब्ध गराएको अध्यक्ष दुलालले बताए। बस समितिसँगको वार्ता नसकिएपछि पीडित परिवारले शैलुङका स्थानीय रिमालबाबु श्रेष्ठको संयोजकत्वमा १०१ सदस्यको संघर्ष समिति गठन गरेको अध्यक्ष दुलालको भनाई छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.