नेपाल बुझेका मोदीसँग दरो कुरा राखौँ : माधव नेपाल

नेपाल बुझेका मोदीसँग दरो कुरा राखौँ : माधव नेपाल

काठमाडौँ : नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव नेपालले सीमा विवादमा आफ्नो गम्भिर गृहकार्य गरेर तथ्य प्रमाण सहित भारतीय पक्षसँग उच्चस्तरमा संवाद गरे समाधान निस्कने बताएका छन् ।

भारतीय प्रधानमन्त्री मोदी आँटिला मान्छे भएको भन्दै तथ्य प्रमाणका आधारमा आफूहरुले कुरा उठाउन सके समस्या समाधान हुनसक्ने उनको धारणा थियो । मोदी नेपाल बुझेको नेता भएको र समस्या समाधानमा तयार भए भारतलाई पनि फाइदा पुग्ने नेता नेपालको तर्क छ ।

'नेपालको पश्चिमोत्तर सीमा र भारतले प्रकाशित गरेको नक्सा' विषयक बहस कार्यक्रममा प्रमुख वक्ताको रुपमा नेता नेपालले यस्तो बताएका हुन् । उनले भारतसँग मात्र नभएर चीनसँग पनि सीमाका विषयमा कुरा गर्नुपर्ने बताएका छन् । भारत र चीनका बीचमा चार वर्षअघि भएको लिपुलेक सम्झौता पनि आपत्तिजनक भएको भन्दै नेपालले चीन र भारत दुवै देशसँग संवाद गर्नुपर्ने बताएका थिए ।

लिम्पियाधुरा नेपालको भारतसँगको सिमाना हो भन्ने विषयमा नेपालसँग अनेक तथ्य प्रमण रहेको र त्यसको संकलन र अध्ययन गरेर सरकारले गम्भिर ढंगले भारतसँग कुरा राख्नुपर्ने बताएका थिए । ‘हामीले प्रमाण तथ्यका आधारमा पुष्टि हुने गरी तथ्यहरुको श्रृंखला अगाडि सारेर अघि जान सक्नुपर्छ । त्यसका लागि अनेक प्रमाण हामीसँग छन्,’नेता नेपालले भने ।

उनले अघि भनेका छन्, 'सन् १९०३ मा वेइजिङबाट प्रकाशित किङ डायनास्टिक भन्ने पत्रिमा छापिएको एउटा लेखमा लिम्पियाधुरा नै काली नदीको मुहान भनेर लेखिएको, १९२१ र १९३४ मा चिनबाट प्रकाशित नक्सामा पनि कालीनदीको मुहान लिम्पियाधुरा नै भनेर देखाइएको, स्कन्धपुराणको मानवखण्डमा पार्वतीपुरको चर्चा भएको र त्यसबेला पार्वतीकुन्ड नै काली नदीको मुहानको रुपमा चर्चामा रहेको उदाहरण प्रस्तुतु गर्दै कार्यक्रममा नेपालले अघि भने, ‘एक भन्दा बढी नदीको चर्चा हुन्छ भने कुन् नदी मुल नदीको मुहान हो भन्नेमा संसारका विज्ञहरुलाई ल्याएर पनि वास्तकिव नदी पत्ता लगाउन सकिन्छ । सूर्यनाथ उपाध्याय जीलाई सरकारले जिम्मा दिएर कार्यदल नै बनाएको रहेछ, पहिले । सबै प्रमाणसहित दस्तावेज ५ सय पृष्ठको सरकारलाई उक्त कार्यदलले बुझुाइएको रहेछ । त्यो कसैले नहेरी थन्किएको रहेछ । उहाँले पनि नक्सा प्रमाण सन्दर्भ उल्लेख गरेर भन्नुभएको छ, लिम्पियाधुरा नै काली नदीको मुहान हो । रमशेनाथ पाण्डेले पनि विट्रेन लगायतबाट नक्सा संकलन गरेर सरकारलाई बुझुाउनुभएको रहेछ, त्यो कहाँ थन्किएको छ खोजी गरौं, हेरौं अनि भारतसँग दरिलो गरी कुरा राखौं ।’

नेपालले यो मुद्दा भविश्यका लागि राख्ने नभइ अहिले नै टुंग्याउने उपयुक्त मौका आएको र सरकारले पनि त्यसै गरी आफ्ना अडान राख्नुपर्ने बताएका हुन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.