बिमामा विविधीकरण आवश्यक

बिमामा विविधीकरण आवश्यक

जीवन बिमा होस् वा निर्जीवन, बजारमा नयाँ कम्पनीको आगमनसँगै ग्राहक आकर्षित गर्ने होड चलेको छ।


बिमालाई आजको लगानी भोलिको बचत पनि भनिन्छ। आपतविपत कुन समयमा कसरी हुन्छ भन्न सकिँदैन। यस्तो आकस्मिक जोखिम बिमाबाट कम गर्न सकिन्छ। भैपरि आउने परिस्थितिको सामना गर्न जीवन वा निर्जीवन बिमा गरिन्छ।

जीवन बिमा होस् वा निर्जीवन, बजारमा नयाँ कम्पनीको आगमनसँगै ग्राहक आकर्षित गर्ने होड चलेको छ। बिमामा ग्राहकको आकर्षण बढाउन कम्पनीले विभिन्न ‘प्रडक्ट’ ल्याइरहेका छन्। बिमाको आधारभूत अवधारणा भनेको जोखिम न्यूनीकरण हो। बिमकको जोखिम न्यूनीकरण गर्न बिमाका प्रडक्ट बजारमा ल्याइने अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कुमारबहादुर खत्री बताउँछन्। ‘ग्राहक आकर्षित गर्न नयाँ प्रडक्ट ल्याउने गरिन्छ। धेरै कम्पनीका प्रडक्ट समान किसिमकै छन्। बजारमा उपलब्ध प्रडक्ट नै अजोडले बिक्री गरिरहेको छ’, सीइओ खत्रीले भने, ‘बजार वृद्धि गर्न ग्राहकलाई आकर्षित गर्ने योजना ल्याउनुपर्छ।’ पछिल्लो समय प्रडक्ट विविधीकरण गर्ने तयारीमा अजोड छ। केही बिमा कम्पनीले नयाँ प्रडक्ट ल्याउने प्रयास गरिरहेका छन्। ‘कम्पनी पनि बजारमा नयाँ प्रडक्ट ल्याउने गरी लागिरहेको छ। प्रडक्टलाई विविधीकरण गर्न आवश्यक भइसकेको छ’, उनी भन्छन्, ‘एउटै प्रकृतिको प्रडक्टले मात्र ग्राहकलाई अकर्षित गर्न सकिँदैन। नयाँ र फाइदाजनक प्रडक्टमै ग्राहक आकर्षित हुन्छन्।’ व्यक्तिगत ग्राहकलाई लक्षित गरेर नयाँ प्रडक्ट ल्याउन तयारीमा अजोड रहेको पनि उनले जानकारी दिए। अजोडको हाल बजारमा आठवटा बिमा योजना बिक्री गर्दै आइरहेको छ। कम्पनीको सबैभन्दा धेरै बिक्री हुने प्रडक्टमा मोटर बिमा छ। यसको हिस्सा करिब ५५ प्रतिशत छ।

सरकारले मोटर बिमालाई अनिवार्य गरेकाले यसमा ग्राहकको आकर्षण बढेको देखिएको हो। यस्तै, सम्पत्ति बिमा १६ प्रतिशत, इन्जिनियरिङ र विविध बिमा ११ प्रतिशत र बाली तथा पशु बिमा १० प्रतिशत छ।

उनका अनुसार पछिल्लो समय बाली तथा पशु बिमा गर्ने पनि ग्राहकको आकर्षण बढ्दो क्रममा छ। यो बिमामा कृषले प्रिमियमको २५ प्रतिशत रकम मात्र भुक्तानी गर्नुपर्छ। बाँकी ७५ प्रतिशत प्रिमियम सरकारले व्यहोर्छ। सरकारले सहुलिय दिएकाले एक÷दुई वटा चौपाय पाल्ने ग्राहकको पनि आकर्षण बढ्दो छ। ठूला फार्म सञ्चालन गर्नेले बैंकबाट ऋण लिने भएकाले उनीहरूलाई बाली तथा पशु बिमा अनिवार्य जस्तै छ। पछिल्लो समय साना कृषकमा पनि बिमा प्रति जागरुपता बढेको देखिन्छ।

पोखरा विश्वविद्यालयका सहप्रध्यापक रविन्द्र घिमिरे बिमा कम्पनीले ग्राहकलाई अधिक लाभ लिने योजना ल्याउन चुकिरहेको बताउँछन्। ‘बजारमा धेरै कम्पनीको प्रडक्ट समान किसिमका छन्। प्रडक्टलाई विविधीकरण गर्दा नयाँ ग्राहक आकर्षित हुन्छन्। समान प्रकृतिका प्रडक्टलाई विभिन्न नामाकरण गरेर बिक्री भइरहेको छ’, घिमिरेले भने, ‘यसले बिमक र कम्पनीको फाइदा हुँदैन। ग्राहक निश्चित छन्।’ यस्तो प्रवृत्तिले बजारको दायरा नबढ्ने उनको भनाइ छ।

बिमा कम्पनीका सीईओ पनि प्रडक्ट समान प्रकृतिका भएको स्वीकार गर्छ। बजार विस्तार गर्न पनि प्रडक्टलाई विविधीकरण आवश्यकता देखिएको उनी पनि बताउँछन्। यसका लागि कम्पनीले काम गरिरहेको पनि सीईओको दाबी छ।

सहप्रध्यापक अधिकारी ग्राहकका बिमासम्बन्धी जनचेतनाको अभाव भएकाले कम्पनी पनि प्रडक्टलाई विविधीकरण गर्न कठिनाइ भएको बताउँछन्। ‘बिमा अभिकर्ता समिति छन्। धेरैले दुई÷तीन कम्पनीमा काम गरिरहेका छन्। नयाँ प्रडक्टका ल्याउँदा अभिकर्तालाई तालिम दिनुपर्छ। अध्ययन तथा अनुसन्धानको पनि अवश्यकता पर्छ’, घिमिरे बताउँछन्। कम्पनी जोखिम लिन तयार नभएकाले समस्या देखिएको उनको भनाइ छ।

नेपालमा बिमा सुरु भएको ७० वर्षमा पुगिसकेको छ। उक्त अवधिमा बिमा कम्पनीको वृद्धिअनुसार ग्राहक बढ्न सकेका छैन्। बिमा कम्पनीको प्रयासले मात्र ग्राहक आकर्षित हुन सक्दैनन्। यसका लागि राज्यले नीति नै बनाउनुपर्छ। वैदेशिक रोजगारी र मोटर बिमालाई अनिवार्य छ। स्वास्थ्य बिमा पनि चरणबद्ध रूपमा अनिवार्य हुँदै छ। बिमा सुरक्षा हो। मानिसलाई सम्पत्ति शिक्षा, स्वास्थ्य तथा अवकाश जीवनका लागि भनेर सञ्चय गर्छन्। नेपाल भूकम्पिय हिसाबले जोखिमपूर्ण छ। २०७२ सालको भूकम्पबाट राज्यले ठूलो जनधनको क्षति भएको थियो। यस्ता जोखिम र भविष्य सुनिश्ति गर्ने बिमाका योजना कार्यान्वयनमा राज्यको भूमिका महŒवपूर्ण हुने घिमिरे बताउँछन्। ‘कम्पनी मात्र धेरै भएर ग्राहक बढ्ने हैन। ४० वटा बिमा कम्पनी सञ्चालनमा छन्’, उनले भने, ‘कम्पनीको संख्याअनुसार ग्राहकको वृद्धि देखिँदैन।’ सरकारले आधारभूत सेवा र सम्पत्तिमा बिमा अनिवार्य गर्न सक्नुपर्ने उनको भनाइ छ। बैंकबाट कर्जा लिएर घर बनाउनेले अनिवार्य सम्पत्ति बिमा गर्दै आएका छन्। तर पुराना तथा नवनिर्मित भवनलाई पनि बिमाको दायरमा ल्याउन सके थोरै रकमले करोडौंको सम्पत्ति बचत हुनेछ।

बिमक पनि अभिकर्तामा मात्र भर नपरि आफूले खरिद गर्न ग्राहकले प्रडक्ट खरिद गर्दा समयमै सेटलमेन्ट गर्ने, आफूलाई पायकपर्ने स्थानमा कार्यालय भएको, वित्तीय विवरण राम्रो भएको र कस्तो कम्पनीमा पुनर्बिमा गरिएको हेर्नुपर्छ। अभिकर्ताको लैलैहिमा लागरेर बिमा खरिद गर्नु हुँदैन। बिमा भनेको वर्षका लागि गरिने लगानी हो। प्रत्येक वर्ष प्रिमियम तिर्नुपर्छ। आफ्नो स्वास्थ्य र प्रिमियम तिर्न सक्ने आम्दानीको मात्र बिमाको प्रडक्ट खरिद गर्नुपर्छ।

युनियन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार लाल कर्ण ग्राहकलाई आकर्षित गर्न नयाँ प्रडक्टलाई विविधीकरण गर्नुपर्ने बताए। त्यस्तै योजना अनुरुप कम्पनीले तीनवटा नयाँ प्रडक्ट ल्याउने तयारी गरेको छ। प्रडक्टको स्वीकृतिका लागि बिमा समितिमा पठाइएको पनि उनले जानकारी दिए। युनियल लाइफले हाल आठवटा प्रडक्ट बिक्री गर्दै आइरहेको छ। यी मध्येमा अग्रिम भुक्तानी तथा आजीवन जीवन बिमा योजनामा ग्राहकको आकर्षण छ। बिमा अवधि पूरा हुनु अघि नै कम्पनीले तीन किस्तामा बिमकलाई भुक्तानी दिन्छ। तेस्रो तथा अन्तिममा किस्तामा बिमकले बोनससहित भुक्तानी पाउँछन्। बिमा क्षेत्रलाई व्यापक बनाउन यसका फाइदा बारेमा आम मानिसलाई जागरुप गर्नुपर्छ। जीवन रहँदा वा नरहँदा पनि आइपर्ने आर्थिक संकटलाई कम गर्न यसले सहयोग गर्छ।

बिमा अवधि सकिएपछि बिमित जीवित रहेको अवस्थामा बिमा कम्पनीले बिमित स्वयमलाई नै बिमा रकम र बोनस एकमुष्ट भुक्तान गर्छ। त्यस्तै, बिमित जीवित नरहेको अवस्थामा निजका आ िश्रत परिवारलाई बिमा रकम भुक्तान गर्छ। बिमाले बिमित जीवन नरहँदा पनि आश्रित परिवारलाई भने आर्थिक सुरक्षा प्रदान गर्छ। जीवन बिमा लिएबापत तिर्नुपर्ने प्रिमियम दुई वर्ष पूरा तिरिसकेपछि बिमालेखले सम्पूर्ण मूल्य आर्जन गर्छ र केही कामको निमित्त रुपैयाँको आवश्यकता पर्न गएमा बिमितले मूल्यबाट त्यसको ९० प्रतिशतसम्म ऋण लिन सक्नेछ।

बिमा कम्पनीले प्रस्ताव परेको प्रडक्टको बजारको आवश्यकताका आधारमा बिमा समितिले स्वीकृति दिने गरेको छ। ‘प्रडक्ट विकास गर्न कम्पनी स्वतन्त्र छन्’, समितिका सूचना अधिकारी निर्माल अधिकारीले भने, ‘ग्राहक लाभान्वित हुने प्रडक्ट हुनुपर्छ।’ प्रस्ताव आएका प्रडक्ट बजारका लागि योग्य भए नभएको अध्ययन गरेर समितिले स्वीकृति प्रदान गर्छ।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.