सीमानामा भारतको बोर्ड हटाएर नेपाली झण्डा फहराएपछि...

सीमानामा भारतको बोर्ड हटाएर नेपाली झण्डा फहराएपछि...

इलाम : सत्तारुढ नेकपाको भ्रातृ संगठन अनेरास्ववियुले सन्दकपुरको नेपाली भूमिमा भारतीय पक्षले राखेको बोर्ड हटाउँदै नेपाली झण्डा गाडेको छ। नेपाली भूमि मिचेर राखेको भारतीय बोर्ड हटाउँदै विद्यार्थीले नेपालको झण्डा फहराएका हुन्। 

विद्यार्थीले भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले सीमामा पर्ने नेपाली भूभागमा फोटो खिच्न तथा  निषेधित क्षेत्र लेखेको बोर्ड उखालेर फ्याकेको अनेरास्ववियुका केन्द्रीय सदस्य रवीन्द्र सुवेदीले जानकारी दिए।  

एसएसबीले सन्दुकपुरको सबैभन्दा अग्लो भूभागमा जाने बाटोमा उक्त बोर्ड राखेको सुवेदीले बताए। बिहानै सन्दकपुरको चुचुरोमा जाने क्रममा पर्यटकसहितलाई रोकेको देखेपछि एसएसबी र विद्यार्थीबीच ढुंगाहानाहानसमेत भएको सुवेदीले बताए। 

विद्यार्थीहरुले भारत विरोधी नारा जुलुस गर्दै नेपाली झण्डा गाँडेका हुन्।  प्रदर्शनको क्रममा एसएसबीका एक जवान सामान्य घाइते भएका छन्। सुवेदीले भने, ‘हामीले एसएसवीको सूचना बोर्ड हटायौँ र हाम्रो झण्डा राख्यौँ।’

त्यसपछि सन्दकपुरको चुचुरोमा पुगेका युवाहरुले नेपाली भूमिमाथिको अतिक्रमण तत्काल रोक्न दबाब दिनका लागि चर्का नारा लगाएका थिए। 

गाउँपालिकाले सन्दकपुरकै आहालटारमा निर्माण थालेको भ्यूटावरमा एसएसबीले हस्तक्षेप गर्दै निर्माण कार्य रोकेको थियो। भारतीय पक्षले सो क्षेत्र दशगजामा पर्ने भन्दै काम रोकेको पशुपतिनगरको  शसस्त्र प्रहरीको बोर्डर अब्जरवेशन पोष्ट (बिओपी)का प्रमुख प्रहरी निरीक्षक पवन खड्काले जानकारी दिए।  

प्रदेश सरकारले पूर्वाधार विकास कार्यक्रम अन्तर्गत छुट्याएको रकमबाट सन्दकपुर गाउ“पालिकाको सन्दकपुर डा“डामा करिब एक करोड रुपैया“ बारबरको पूर्वाधारको काम सुरु गरेपछि भारतीय पक्षले साउन अघिनै रोकेको थियो।  प्रदेश सरकारले बनाउन लागेको भ्युटावर, पैदल मार्ग, प्रवेशद्वारलगायतका संरचना निर्माणमा भारतीय पक्षले अवरोध गरेको छ। 

नेपालतर्फ आहालटारमा निर्माण गर्न लागिएको आवासगृहमा पनि भारतीय पक्षले अवरोध गरेको छ।  ३ करोड रुपैया“को लागतमा बन्ने आवस गृहका लागि टेण्डरसमेत भएको अवस्थामा भारत पक्षले सीमा यकिन नभएसम्म पूर्वाधार नबनाउन भनेपछि रोकीएको छ।  

रोङ गाउ“पालिकाको मेचीखोलादेखि सन्दकपुर सम्मको साडे ५२ किलोमिटर लामो सीमा क्षेत्रको विभिन्न स्थानमा अहिले पनि सिमा मिच्ने र स्थानीयलाई दुःख दिने काम भइरहेको स्थानीयको गुनासो छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.