गोरु काटेर खाने ४ जना पक्राउ
बाग्लुङ : काठेखोला गाउँपालिका-१बाट गोरु काटेर खाएको आरोपमा चार जना पक्राउ परेका छन्। चिहानडाडाँ भन्ने स्थानमा गोरु काटेर खाएको आरोपमा स्थानीय यामबहादुर सार्की, रेशम सार्की, आइते किसान र रवि किसान पक्राउ परेका हुन्।
पक्राउ परेका चारै जनाविरुद्व पशु सम्बन्धी कसुर अन्र्तगत गाईगोरु मार्न वा कुट्न नहुने शिर्षकमा मुद्वा दर्ता गरिएको प्रहरी नायव उपरिक्षक झविन्द्र भट्टराइले जानकारी दिए। उनीहरु सबैलाई जिल्ला अदालतबाट म्याद थपगरी थप अनुसन्धानसमेत भइरहेको उनको भनाई छ।
प्रतिक्रिया दिनुहोस !