निमित्तका भरमा ६ विश्वविद्यालय, उपकुलपतिका आकांक्षीको आवेदन अलपत्र

निमित्तका भरमा ६ विश्वविद्यालय, उपकुलपतिका आकांक्षीको आवेदन अलपत्र

काठमाडौं : ६ विश्वविद्यालयमा उपकुलपति रिक्त रहेको ४ महिना बित्दा पनि नियुक्ती गर्न सरकारले चासो दिएको छैन। उपकुलपति बन्न इच्छुकबाट लिइएको आवेदनसमेत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा थन्किएका छन्।

आवेदनको अध्ययन नहुँदा नयाँ उपकुलपति नियुक्ति रोकिएको छ। उपकुलपति नहुँदा ६ वटै विश्वविद्यालय र सेवा आयोग निमित्तको भरमा चलिरहेका छन्। निमित्तको भरमा सञ्चालित सबै विश्वविद्यालयको आर्थिक, शैक्षिक तथा प्रशासनिक गतिविधि सुस्त बनेको छ।

पूर्वाञ्चल, कृषि तथा वन, नेपाल संस्कृत, पोखरा, मध्यपश्चिम र सुदूरपश्चिम विश्वविद्यालयमा उपकुलपति रिक्त छ। यी विश्वविद्यालयका तत्कालीन उपकुलपति चारबर्से कार्यकाल सकेर भदौ पहिलो साता घर फर्केका थिए। नेपाल संस्कृत र पूर्वाञ्चल विश्वविद्यालयमा सेवा आयोगको अध्यक्ष र सदस्य पनि रिक्त छ। विश्वविद्यालयका लागि अध्यक्ष र सदस्य छनोट गरेर नियुक्तिका लागि सिफारिस सेवा आयोगले गर्छ।

सबै ठाउँमा पदाधिकारी बन्न इच्छुकबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल अध्यक्ष रहेको सर्च कमिटीले कात्तिक पहिलो साता आवेदन मागेको थियो। मन्त्रालयका अनुसार सबै पदमा गरेर २ सय ५० जनाले आवेदन दिएका छन्। तर उनीहरूको आवेदनमाथि अहिलेसम्म छलफलसमेत भएको छैन।

मन्त्रालयका उच्च शिक्षा महाशाखाका सहसचिव रामशरण सापकोटाले सबै आवेदकको व्यक्तिगत विवरण अध्ययनका लागि मन्त्रीलाई बुझाइएको बताए। तर मन्त्री पोखरेल एक साताभन्दा लामो विदेश भ्रमणमा गएकाले आवेदनमाथि छलफल हुन पाएको छैन। मन्त्री पोखरेल शनिबार मात्र स्वदेश फर्केका छन्।

मन्त्रीका स्वकीय सचिव पुरन केसीले भने, ‘मन्त्री र सचिव दुवै विदेश भ्रमणमा हुनुहुन्थ्यो। त्यसैले उपकुलपति नियुक्तिसम्बन्धमा काम हुन सकेन। अब छिट्टै प्रक्रिया अघि बढ्छ।’

शिक्षामन्त्री विश्वविद्यालयका सहकुलपति हुन्छन्। आवेदकलाई सर्च कमिटीले आन्तरिक रोस्टर तयार गरेर नियुक्तिका लागि विश्वविद्यालयका कुलपतिसमेत रहेका प्रधानमन्त्रीसमक्ष सिफारिस गर्छ। उपकुलपतिका लागि आवेदन दिनेमा विश्वविद्यालयका प्राध्यापकदेखि निजी शिक्षालय सञ्चालकसमेत रहेको शिक्षा मन्त्रालय स्रोतले जनाएको छ। त्रिभुवन विश्वविद्यालयमा भने दुई साताअघि प्राडा. धर्मकान्त बास्कोटा नियुक्त भइसकेका छन्। त्रिविमा भदौ पहिलो साता नै उपकुलपति रिक्त भएपछि शिक्षाध्यक्ष सुधा त्रिपाठीलाई उपकुलपतिको जिम्मेवारी दिइएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.