‘उसिनेको चाउचाउ जस्तो विश्वविद्यालय’

‘उसिनेको चाउचाउ जस्तो विश्वविद्यालय’

काठमाडौं : शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले त्रिभुवन विश्वविद्यालयलाई उसिनेको चाउचाउको संज्ञा दिएका छन्। विश्वविद्यालयको लथालिंग अवस्थाप्रति व्यङ्ग्य गर्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

शुक्रबार आयोजित वार्षिक सभा (सिनेट) लाई सम्बोधन गर्दै पोखरेलले भने, ‘विश्वविद्यालयको अहिलेको अवस्था हेर्दा यो कसैको नेतृत्वमा नै छैन जस्तो लाग्छ। नेतृत्व गर्ने व्यक्ति नहुँदा यो अत्यन्तै गन्जोगोल अवस्थामा छ।’

विश्वविद्यालयको कार्य सम्पादन प्रद्धति निकै कमजोर रहेको उनले बताए। विश्वविद्यालय अन्तर्गतका निकायको कार्य सम्पादनप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘थुपै्र संस्था चिहानबाट ल्याउनुपर्ने अवस्थामा छ। यो दुखद हो।’ 

विश्वविद्यालयको सहकुलपतिसमेत रहेका पोखरेलले त्रिविको अहिलेको काम गर्ने शैलीमा परिवर्तन ल्याउन पदाधिकारीलाई निर्देशन दिए। विश्वविद्यालयमा विगतमा न्युनतम शर्तसमेत पुरा गर्न नसकेका व्यक्तिलाई भर्ना गरिंदा अहिलेको अवस्था आएको उनको भनाइ छ। ‘राज्यको पर्यायको रुपमा रहेको त्रिवि यो हालतमा पुग्नु सुखद होइन ?’, पोखरेलले प्रश्न गरे।

त्रिविको कुलपति रहेका प्रधानमन्त्री केपी ओलीको निर्देशनमा सभा बोलाइएको थियो। तर खराव स्वास्थ्यका कारण ओली उपस्थित हुन नसकेपछि पोखरेलकै अध्यक्षतामा बसेको सभाले आर्थिक वर्ष २०७६।२०७७ को वार्षिक बजेट पारित गरेको छ।

त्रिविका उपकुलपति प्राध्यापक डा.धर्मकान्त बास्कोटाले त्रिविको पठनपाठन र परीक्षा प्रणालीमा सुधार ल्याउन दश वर्षे योजना तयार पारिएको बताए। विश्वविद्यालयको भौतिक पूर्वाधार सुधार, विश्वविद्यालयलाई प्रविधिमैत्री बनाउने, अनुसन्धानलाई प्राथमिकता दिने, शैक्षिक पात्रोलाई नियमित बनाउनेलगायतका योजना बनाइएको उनले बताए। 

सभाले आर्थिक वर्ष २०७६।२०७७ को लागि २३ अर्ब ५ करोड ८८ लाख रुपैयाँ बजेट पारित गरेको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.