सेनाले सञ्चालन गरेको मेडिकल कलेज अतिरिक्त शुल्क फिर्ता गर्न तयार
काठमाडौं : मेडिकल कलेजले चिकित्शा शिक्षाका विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता वा समायोजन गर्न नेपाली सेनाले आफू तयार रहेको जनाएको छ ।
शुक्रबार शिक्षा मन्त्रालयमा भएको छलफलमा प्रधान सेनापति पूर्णचन्द्र थापाले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क सरकारले गरेको निर्णय अनुसार फिर्ता वा समायोजन गर्न तयार रहेको प्रतिवद्धता जनाएका हुन् ।
शिक्षा विज्ञान तथा तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सेनापति थापालाई मन्त्रालयमा बोलाएर शुक्रबार यस बारेमा छलफल गरेका थिए । छलफलको क्रममा थापाले सरकारले गरेको निर्णय आफूहरुलाई मान्य भएको र पूर्ण रुपमा कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएको शिक्षा मन्त्री पोखरेलका स्वकीय सचिव पुरन केसीले बताए ।
उनका अनुसार नेपाली सेनाले सञ्चालन गरेको स्वास्थ्य विज्ञान संस्थानमा एमबीबीएस पढिरहेका विद्यार्थीबाट एक जनासँग राज्यले तोकेको भन्दा तीन लाख असी हजार रुपैंया अतिरिक्त शुल्क लिएको विषयमा छलफल भएको थियो ।
प्रतिक्रिया दिनुहोस !