हुम्ला खार्पुनाथ गाउँपालिका उपनिर्वाचन : ६९ मतले नेकपा विजयी
सुर्खेत : हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष पदमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विजयी भएको छ। नेकपाकी गाउँपालिका उपाध्यक्ष रुपा शाही ६९ मत बढी ल्याएर विजयी भएकी हुन्।
शाहीले १४ सय ५४ मत ल्याएकी छन्। उनकी निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी तारा शाहीले १३ सय ८५ मत ल्याएकी छन्। राप्रपा संयुक्तका दीपबहादुर शाहीले १० मत ल्याएका छन्।
खार्पुनाथ गाउँपालिकामा ८४ प्रतिशत मत खसेको थियो। कुल ३३८७ मतदाता रहेको खार्पुनाथमा २८६९ मत खसेको हो। २० मत भने बदर भएको छ।
गत असार ३ गते कर्णाली नदीमा भएको जीप दुर्घटनामा उपाध्यक्ष सिन्दु हमाल शाहीको मृत्यु भएपछि उपनिर्वाचन भएको हो।
प्रतिक्रिया दिनुहोस !