जेपी स्कुलका दुई विद्यार्थीलाई मलेसियन सहयोग

जेपी स्कुलका दुई विद्यार्थीलाई मलेसियन सहयोग

काठमाडौं : ठमेलस्थित जेपी स्कुलमा अध्ययनरत दुई विपन्‍न विद्यार्थीको पढाइ खर्च मलेसियाको सायटो विश्वविद्यालयले बेहोरिदिने भएको छ ।विश्वविद्यालयका प्रतिनिधीले हालै विद्यार्थीलाई सहयोग रकम हस्तान्तरण गरेका छन् ।

सहयोग पाउनेमा कक्षा १० मा अध्ययनरत दोलखा स्थायी घर भएका रोशन कार्की र कक्षा ४ मा अध्ययनरत मुगुका प्रकाश रोकाया छन् । दुवैजनालाई एक वर्षभरी लाग्ने स्टेशनरी, पोशाक लगायत सामग्रीमा लाग्ने खर्च विश्वविद्यालयले बेहोरिदिनेछन् ।

पुतलीसडकस्थित स्टडी प्लसले उक्त सहयोगको व्यवस्थापन गरिदिएको हो । स्टडी प्लसका प्रवन्ध निर्देशक उमेश अधिकारीले भने, 'अर्को वर्ष थप पाँच जना विद्यार्थीलाई सहयोग गर्ने विश्वविद्यालयले प्रतिवद्धता जनाएको छ ।' सहयोग हस्तान्तरण कार्यक्रममा विद्यालयका प्राचार्य लक्ष्मण पौडेलले आर्थिक अवस्था कमजोर भएका विद्यार्थीका लागि यो सहयोगले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.