अवैध क्रसरले विपी राजमार्ग जोखिममा

अवैध क्रसरले विपी राजमार्ग जोखिममा

सिन्धुली : सिन्धुलीमा मापदण्ड विपरित सञ्चालन भइरहेको अवैध क्रसर उद्योगका कारण विपी राजमार्ग (बनेपा–सिन्धुली–बर्दिवास) र त्यहाँ बनेका एक दर्जन पक्की पुल जोखिममा परेको छ।

पुल आसपासमा नदीजन्य पदार्थको अवैध उत्खनन् जारी छ। विपी राजमार्ग जोखिममा परेको र पर्यावरणमा समेत गम्भिर असर गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत अवैध उद्योग बन्द गर्न निर्देशन दिए पनि कसैले टेरेको छैन।

अवैध क्रसर उद्योगका कारण सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म झण्डै ३७ किलोमिटर विपी राजमार्ग जोखिममा परेको छ। राजमार्गको माथिल्लो भाग र राजमार्गसँगै जोडेर सुनकोसी नदीमा १९ वटा क्रसर सञ्चालन भइरहेका छन्। क्रसरले नदीजन्य सामग्री उत्खनन् गर्दा र राजमार्ग माथिका क्रसरले उत्खनन् गरेका सामग्रीसँगै बाढी, पहिरो र खहरे बगेर आउने गरेकाले राजमार्गका कतिपय खण्ड र पुल जोखिममा परेको जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकरराज तिवारीले बताए।अख्तियारले मापदण्ड विपरित नदीमा सञ्चालिन क्रसरका कारण प्राकृतिक दोहन बढेको निस्कर्षसहित वैशाख २ गते सिन्धुलीलगायत ८ जिल्लामा मापदण्ड विपरित सञ्चालित क्रसर उद्योगलाई नदीजन्य सामग्री उत्खनन् रोक्न निर्देशन दिएको थियो। सिन्धुलीको सुनकोसी गाउँपालिकामा मात्र १९ वटा क्रसर सञ्चालन भइरहेका छन्। त्यस्तै गोलन्जोर गाउँपालिका, मरिण गाउँपालिका, हरिहरपुरगढी गाउँपालिका, कमलामाई नगरपालिका र दुधौली नगरपालिकामा एक दर्जन बढी क्रसर सञ्चालनमा छन्।

क्रसर उद्योग अवैध र मापदण्ड विपरित रहेको घरेलु तथा साना उद्योग विकास समिति सिन्धुलीले जनाएको छ। सुनकोसी नदीमा सञ्चालन भइरहेका १९ वटा क्रसरमध्ये २ वटामात्र वैध छन्। अन्य १७ वटा बालुवा प्रशोधनका लागि भन्दै स्विकृति लिए पनि ठुला क्रसर जडान गरी सञ्चालन भइरहेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.