फेरिँदै राउटेको जीवनशैली

फेरिँदै राउटेको जीवनशैली

महेन्द्रनगर : कुनै समय थियो, राउटे गिठा, तरुल, कन्दमुल लगायतका जंगली आहाराको भरमा बाँच्थे। तर, अहिले राउटेको जीवनशैली फेरिएको छ। पछिल्लो समय राउटेहरु गाउँमा बसोबास गर्न थालेका छन्। र, आयमुलक काममा सक्रिय हुन थालेका छन्। 

जंगलका राजा भनेर चिनिने राउटे जाति पछिल्लो समय जंगली जीवन होइन गाउँले जीवनतिर आकर्शित हुन थालेका छन्। कञ्चनपुरको भीमदत्तनगरपालीका–९ खल्लामसेट्टीमा बसोबास गर्दै आएका राउटेहरुले पनि अहिले अन्य नागरिक सरह नै जीवन विताउन थालेका छन्। उनीहरु परिवारको जोहो गर्नको लागि मजदुरी गर्दै आएका छन्। 

भीमदत्त नगरपालिकाको वडा–९मा राउटे समुदायका तीन परिवार डेढ दशकदेखि बस्दै आएका छन्। करिब पाँच लाख जनसंख्या भएको कञ्चनपुरमा तीन परिवार मात्रै राउटे समुदायको बसोबास छ।

खल्लामसेट्टीमा बसोवास गर्दै आएका किरी देवि राउटेले आफूहरु पहिले जसरी अहिले जंगल नजाने बताइन्। ‘पहिलाको जसरी जंगल गएर कन्दमुल ल्याउन सकिदैन’, उनले भनिन्,‘सरकारले दिने भत्ताको सहारामा परिवार चलेको छ।’

पछिल्लो समय सामुदायिक वनले रुख काट्न नदिने र यही कारण काठका भाँडाकुँडा पनि बनाउन समस्या भएको उनले बताइन्। राउटे जाति जंगलमा भएका बेला, काठका भाँडाकुँडा नै मुख्य आम्दानीका स्रोत थिए।

‘जंगली जीवन भन्दा समुदायमै राम्रो लाग्छ’, किरी देविले भन्छिन्,‘जंगली जीवन सबै छोडेर अन्य नागरिक जस्तै बस्दा आनन्द आउने रहेछ।’ किरी देविका दुईवटा छोरा रोजगारीको लागि भारतको पिथौरागढ जिल्लामा पर्ने लोहाघाटमा मजदुरीका लागि गएका छन्। गाउँघरमा हुने मजदुरीमा आफूपनि जाने गरेको उनले बताइन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.