उपनिर्वाचनका सन्देश
उपनिर्वाचनले स्थानीय तहका जनप्रतिनिधिलाई कार्यशैली सुधार्न चेतावनी दिएको छ
संघीय प्रणालीअनुसार स्थानीयतहनिर्वाचनभएको झण्डै साढे दुई वर्षपछि रिक्त ५२ पदकालागियहीमंसिर १४ गते निर्वाचन सम्पन्नभयो । मतदाताले सत्तासीन नेकपा र प्रमुखविपक्षी नेपालीकांग्रेसलाई नै मुख्यदलको मान्यतादिएर मतदान गरे । वैकल्पिकशक्तिका रूपमा स्थापितहुनखोजेका र अन्य सानाप्रतिमतदाताको रुचि देखिएन । स्थानीयतहनिर्वाचनमाकांग्रेस विजयीभएको ठाउँमा नेकपा र नेकपाविजयीभएको ठाउँमा कांग्रेसलाई विजयी गराएर मतदाताले आफ्नो असन्तुष्टि भने पोखे । यो स्थानीयतहमाजनप्रतिनिधिप्रतिमतदाता सन्तुष्ट रहेनछन्् भन्ने प्रमाणका रूपमा परिणामलाई बुझ्नुपर्छ ।
स्थानीयतहलाई अधिकारसम्पन्न, सबल र सक्षमबनाउननिरन्तर प्रयास भएका छन् । यद्यपि यस्तो प्रयासले सार्थकतापाउन
सकेको रहेनछ भन्ने निर्वाचन परिणामले पुष्टि गरेको छ । निर्वाचितजनप्रतिनिधि सामाजिक सेवाको भावनाले उत्प्रेरित भई जनमतद्वारा अनुबन्धितप्रतिनिधिभएपनिउनीहरू नागरिकप्रतिअझै इमानदारी हुन सकेको पाइएन । यसले ७५३ स्थानीयतहलाई सुध्रिने अवसर प्राप्तभएको छ । निर्वाचन परिणामलाई ठूला दलकामाथिल्लाक्रियाकलापका रूपमामात्रबुझिदिँदा स्थानीयतह सुध्रिने अवसरबाट वञ्चितहुनेछन् । उपनिर्वाचन परिणामलाई विशुद्ध स्थानीयतहका सरकारको कार्यशैलीको प्रतिफल मान्नुपर्छ ।
थोरै सिटका लागिभएको यो उपनिर्वाचन परिणामले मुलुककै राजनीतिकअवधारणालाई प्रतिनिधित्व गर्छ भन्न सकिन्न । तर शंकागर्ने सुविधाभने प्राप्तभयो । ७५३ स्थानीयतहमाजनप्रतिनिधिकार्यरत छन् । जनप्रतिनिधिको संख्याको अनुपातमा यो उपनिर्वाचन नगण्य संख्यामामात्र सम्पन्नभएको छ । यसले संघीय संसद््को सदस्यले जस्तो राष्ट्रिय राजनीतिलाई पूर्णरूपले प्रतिनिधित्वगर्दैन ।
यतिबेला सबैको ध्यान धरानउपमहानगरपालिकाको निर्वाचन परिणाममा गएको छ । लामो समयदेखि कम्युनिस्ट पार्टीले वर्चस्व जमाउँदै आएको धरानमा यसपटक कांग्रेसले बाजीमारेको छ । संविधानप्रदत्त राजनीतिकमूल प्रवाहबाट विस्थापितभएको बौद्धिक समुदायप्रायः सहरी क्षेत्रमै बसोवास गर्छ । उनीहरू विभिन्न सामाजिक संघसंस्थामा संलग्नभएर क्रियाशील रहने गरेका छन् । उनीहरूले प्रवाहगर्नेविचारले पनिप्रभाव
पारेको हुन सक्छ । बौद्धिक समुदायमुलुकका हरेक सहरमा बसेर जनमतसिर्जना गरेको आधारलाई विचार गर्ने हो भने धरानउपमहानगरपालिकाको निर्वाचनलाई राजनीतिक दृष्टिले
महत्वपूर्ण मान्नुपर्छ । भक्तपुरबाट प्रतिनिधित्वगर्ने प्रदेश सदस्यको निर्वाचनले पनियसलाई पुष्टि गर्छ । मतदाताले यस्ता स्थानमा परिवर्तनको चाहना राखेको स्पष्ट देखिन्छ ।
कास्की- २ माभएको निर्वाचनले नेकपालाई यथास्थितिमा राखेको पाइयो । नेकपाको उम्मेदवारलाई सहानुभूतिको मतले पनि सघायो । हेलिकोप्टर दुर्घटनामा निधनभएकातत्कालीनपर्यटनमन्त्री रवीन्द्र अधिकारीको पत्नी नै उम्मेदवार भएकाले सहानुभूतिले काम गरेको हो । दाङको प्रदेश सभा सदस्याको निर्वाचनमापनि सहानुभूतिले काम गरेको छ । दुःख र पीडामा साथ दिनुपर्छ भन्ने नेपालीविवेकले त्यहाँपनिकामगर्यो ।
महोत्तरीको पिपरा सधैं कांग्रेसको वर्चस्व रहँदै आएको स्थानहो । त्यो ठाउँको जनमत नेकपातिर ढल्कियो । तराई प्रदेशको राजनीतिलाई
प्र श्रय दिई संगठित राजनीतिकशक्तिको पनि नगण्य उपस्थिति देखियो । जनमत क्षेत्रीयआधारमा संगठित राजनीतिकशक्तिप्रति सकारात्मक देखिएको छैन । क्षेत्रीय र सानादलपनिनिर्वाचनबाट निरुत्साहितभएका छन्् । ऐतिहासिक पृष्ठभूमि भएकाप्रजातान्त्रिक र वामपन्थीशक्तिप्रति नै मतदाताको रुचि देखिएपछि क्षेत्रीय र वैकल्पिकभनिएकादललाई कठिन हुँदै गएको छ । त्यसैले प्रजातान्त्रिक र वामपन्थीदलले पार्टीलाई बढी समावेशी, सशक्त र पारदशीबनाउँदै लैजानुपर्ने खाँचो निर्विवाद छ ।
उपनिर्वाचनमामतदान प्रणाली बढी सरल, मतपत्रपनि सानो भएकाले पनिमतदातालाई सुविधाभयो । तदनुरूप बदर मतको संख्यापनिन्यून सीमाभित्र रहेकाले मतदातामा सचेतना बढेको मान्नुपर्छ । विगतको सिंगो गाविसलाई नगरपालिकाबनाएर एउटै वडा बनाइँदा केही ठाउँमा मतदातालाई मतदानगर्न जान-आउन कठिनाइ भएको पाइयो । यतिथोरै निर्वाचनमा सुरक्षाकर्मीको अत्यधिकउपस्थितिले आवश्यकथिएन । यद्यपि केही ठाउँमा भएको विस्फोटको घटनाले विरोधी राजनीतिको उपस्थिति देखाउने प्रयास भएको पाइयो । सुरक्षानिकायले यसतर्फ निरोधकउपायअपनाउननसकेको पाइन्छ ।
निर्वाचनमा खटिएका कर्मचारीलाई निर्वाचन पद्धति, प्रणाली र मतदातातथापर्यवेक्षकका सम्बन्धमा राम्रो प्रशिक्षण नदिइएको महसुस भयो । मतदानमामसीलगायतका सामग्री पुरानाप्रयोग हुँदायदाकदा खटिएका कर्मचारीले अप्ठेरो महसुस गर्नुपर्यो । हेर्दा सामान्य देखिएपनि यो स्थितिले पछिलाई सचेत हुन मद्दत गर्छ । निर्वाचनआयोगले व्यवस्थापनचुस्तपार्न चाहे पनि केही ठाउँमा त्रुटि पाइएको राष्ट्रिय निर्वाचनपर्यवेक्षण समितिले गरेको अवलोकनबाट देखिएको छ ।
मतदाताबाट कुनै त्रुटि पाइएन । मतदाताले कसैको प्रभाव र दबाबमामतदान गरेनन्् । सबैले विवेक प्रयोग गरे । ठूला, क्षेत्रीय र सानादलले मतदातालाई आआफ्नापक्षमापार्न ठूलो कसरत गरे तर मतदाताको विवेकमाप्रभावपार्न सकेनन् । कास्कीको निर्वाचनमा अघिल्लो अवस्थाजस्तै परिणाम आउनुले यसको पुष्टि गर्छ ।
अन्त्यमा, सत्तासीनदललाई पनिचासोपूर्वक हेरिएको छ। विद्यमान ‘कार्यशैलीमा सुधार भएनभने भोलि’भन्ने सन्देशले सरकारलाई पनि सच्चिनअवसर प्रदान गरेको छ। कार्यशैली सुधार गर्दै अघि नबढ््ने हो भने अबको निर्वाचन सत्तासीनदलकालागि सुखदनहुन सक्छ। प्रमुखप्रतिपक्षीकांग्रेसप्रतिपनि धेरै आकर्षण देखिएन। उसले यो निर्वाचनमाकांगे्रसलाई मतदानगर्नुभयो भने त्यसले सरकारलाई सच्याउन
सहयोग पुग्छ भने पनिमत परिणाम त्यसअनुकूल देखिएन। किनभने कांग्रेसले आन्तरिक राजनीतिलाई मतबुत बनाउनुपर्छ भन्ने मतदाताको पनिचाहनाझल्कियो। यो हिसाबले हेर्दा यसपटकको उपनिर्वाचन परिणाम सत्तासीन र प्रमुखविपक्षीदुवैलाई कार्यशैली सुधार्ने अवसर भएको छ। आममतदाताको अपेक्षालाई बुझ्न सके भने राजनीतिनयाँ कोर्षमाजानेछ। जसले स्थिरता र समृद्धिका लागि सघाउनेछ।
उपनिर्वाचनको परिणामले वैकल्पिक, क्षेत्रीय र सानादलले आफूलाई जनताको विश्वास जित्ननिकै ठूलो मेहनतगर्नुपर्ने सन्देश दिएको छ। यीदलकालागि यो फलामको चिउरा चपाउनुसरह हुनेछ। ठूला दलको कित्तामाउभिएर समृद्धि रस्थिरतामा सघाउन मद्दत गरे मुलुकको हितहुनेछ।
हाइलाइटक्षेत्रीय र सानादलनिर्वाचनबाट निरुत्साहित छन््। ऐतिहासिक पृष्ठभूमि भएकाप्रजातान्त्रिक र वामपन्थीशत्तिाmप्रतिमतदाताको रुचि देखिएपछि क्षेत्रीय र वैकल्पिकदललाई कठिन हुँदै गएको छ। त्यसैले ठूला पार्टीलाई बढी समावेशी र पारदर्शी बनाउँदै लैजानुपर्ने खाँचो छ।