एकाबिहानै माधव र वामदेव खुमलटारमा : प्रचण्डले गरे छुट्टाछुट्टै भेट

एकाबिहानै माधव र वामदेव खुमलटारमा : प्रचण्डले गरे छुट्टाछुट्टै भेट

काठमाडौं : सत्तारुढ दल नेकपाको सचिवालय बैठकको पूर्वसन्ध्यामा पार्टीका शीर्ष नेताहरु औपचारिक/अनौपचारिक छलफल जुटेका छन्। नेकपा अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' निवासमा बिहानैदेखि नेताहरु छलफलका लागि पुगेका छन्। दाहालको अध्यक्षतामा नेकपा सचिवालय बैठक सोमबार दिउँसो १ बजे धुम्वाराही पार्टी कार्यालयमा बस्दैछ।

उनले आइतबार साँझ बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग झण्डै दुई घण्टा छलफल गरेका थिए। दाहालले आज बिहान वरिष्ठ नेता माधव नेपाल, सचिवालय सदस्य वामदेव गौतमलगायत नेताहरुसँग छलफल गरेका छन्। वरिष्ठ नेता माधव नेपाल बिहानै दाहाल भेट्न खुमलटार पुगेका थिए। उनले दाहालसँग झण्डै डेढ घण्टा लामो छलफल गरेर बाहिरिए । 

नेपाल बाहिरिने बित्तिकै सचिवालय सदस्य वामदेव गौतम र स्थायी समिति सदस्य जर्नादन शर्मा खुमलटार पुगेका थिए। संगठन विभागका प्रमुख र उपप्रमुखसमेत रहेका गौतम र शर्मा पार्टीमा आफुहरुले बुझाएको ४ पेज लामो संगठनात्मक कामको कार्ययोजनाका विषयमा छलफलका लागि खुमलटार पुगेका हुन्। 

उनीहरुले पार्टीमा पेश गरेको उक्त कार्ययोजना आजको सचिवालय बैठकमा एजेण्डाका रुपमा पेश हुदैछ। बैठकमा प्रधानमन्त्री तथा पार्टीका अर्का अध्यक्ष केपी ओली भने स्वास्थ्यका कारण सहभागी हुने छैनन्। 

आगामी तीन महिनाभित्र सदस्यता नविकरण सक्ने, समयावधिभित्रै सदस्यता नविकरण नगर्नेले नयाँ विधिवाट फेरि सदस्यता लिनुपर्ने, प्रत्येक संगठित सदस्यले वर्षमा ४ जना पार्टी सदस्य बनाउनु पर्ने, पार्टी कमिटीमा बस्ने हरेक व्यक्तिले स्कूल विभागको प्रशिक्षण लिनुपर्ने, त्यसै अनुसार परीक्षा दिनुपर्ने र परीक्षामा पास भएको व्यक्तिमात्र कमिटीमा जोडिने व्यवस्थासहितको कार्ययोजना संगठन विभागले पार्टी केन्द्रीय कार्यालयमा पेश गरेको थियो। त्यो योजना सचिवालयले पास गरेपछि कार्यान्वयमा लैजाने नेकपाको तयारी छ। 

आइतबार साँझ प्रधानमन्त्री केपी ओली, अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेल सहभागी बालुवाटारको छलफलमा संगठन विभागले पेश गरेको ४ पेज लामो संगठनात्मक कार्ययोजना पार्टी सचिवालय बैठकमा पेश गरेर छलफलमा लैजाने एजेण्डा तय भएको थियो। लगत्तै दाहालले विभागका प्रमुख गौतम र उपप्रमुख शर्मालाई खुमलटारमा बोलाएर छलफल गरेका हुन्। 
संगठन विभागले तीन महिनाभित्र सदस्यता नविकरण सक्ने र त्यसपछिको तीन महिनाभित्र हरेक पार्टी सदस्यलाई स्कुल विभागसँगको समन्वयका आधारमा आधारभूत प्रशिक्षण लिन लगाएर पार्टी कमिटिमा जोडने गरी कार्ययोजना बनाएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.