विद्यालय बन्द गरेर सहकारीको साधारणसभा

विद्यालय बन्द गरेर सहकारीको साधारणसभा

गोरखा : गोरखाको एक सहकारी संस्थाले विद्यालय बन्द गरेर प्रारम्भिक साधारण सभा सञ्चालन गरेको छ। तारानगर साना किसान कृषि सहकारी संस्थाले सोमबार गोरखा नगरपालिका-११ तेरकिलोस्थित चन्द्रज्योति आधारभूत विद्यालय बन्द गर्न लगाएर विद्यालयको मैदानमा साधारण सभा सञ्चालन गरेको हो।

विद्यालय बन्द गराएर आयोजना गरिएको सहकारी संस्थाको सो कार्यक्रममा गण्डकी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री प्रमुख अतिथिको रूपमा उपस्थित थिए। साना किसान कृषि सहकारीका केन्द्रीय सदस्य कृष्णबाबु श्रेष्ठ, १० का वडाध्यक्ष देवीबहादुर बस्नेत र १२ का अध्यक्ष डिलबहादुर थापा सहभागी थिए। विद्यालय बन्द गरेर आयोजित सो कार्यक्रममा ११ वटा अन्तरसमूह, ९४ वटा समूहको प्रतिनिधित्व थियो।

सहकारीको कार्यक्रम सञ्चालन गर्न विद्यालय प्रांगण प्रयोग हुँदा त्यहाँ पढ्ने ५० विद्यार्थी घरघरमा खेलेर बसेका थिए। विद्यालय बन्द भएपछि त्यहाँ कार्यरत पाँच शिक्षक कर्मचारीलाई पनि बिदा दिइएको थियो। सहकारीको कार्यक्रमका लागि विद्यालय बन्द गर्न आफूले असहमति जनाउँदा पनि सहकारीका पदाधिकारीले जोडबल गरेर माग गरेको प्रधानाध्यापक प्रतिसा अधिकारीले जानकारी दिइन्। ‘म वडा कार्यालयमा गएका बेला सहकारीको चिठी आएको रहेछ। विद्यालय बन्द गरेर सहकारीको कार्यक्रम गर्न दिन मिल्थ्यो कि मिल्थेन मलाई राम्ररी थाहा पनि थिएन’, उनले भनिन्।

पानी पनि नभएको, शौचालय पनि नभएको ठाउँमा किन कार्यक्रम गर्नुपर्‍यो त भनेर असहमति जनाएको उनको भनाइ छ। ‘तर एकदिन कार्यक्रम गर्न दिन पनि के भो त ? भनेर कर गर्न थाल्नुभयो। अनि हुन्छ भनेको हुँ’, उनले थपिन्। कार्यक्रम गर्न विद्यालयको प्रांगण माग गर्न सहकारीकी अध्यक्ष चञ्चला ज्ञवालीको हस्ताक्षर भएको चिठी पाएको उनले बताइन्। ११ वटा अन्तरसमूह, ९४ वटा समूह र ५ सय ६४ सदस्य रहेको यति ठूलो सहकारीको कार्यक्रम गर्न उपयुक्त स्थल यही भएकाले सो विद्यालय माग गरिएको कृषि सहकारीका उपाध्यक्ष भूरमण घिमिरेले जानकारी दिए।

गोरखा नगरपालिकाको नगर शिक्षा कार्यालयले भने परीक्षा सकेर मात्र सहकारीको कार्यक्रम गरेको भन्ने जानकारी पाएको जनाएको छ। ‘हामीले पनि यस बारेमा सूचना पाएका थियौं’, नगर शिक्षा कार्यालयका कर्मचारी ध्रुव अर्यालले भने, ‘हामीले सोध्दा ११ बजेसम्म परीक्षा थियो। परीक्षा सकेर कार्यक्रम गरिएको हो भन्ने जवाफ पायौं।’ तर विद्यालयमा परीक्षा नभई बिहानदेखि नै विद्यालय बन्द गरी कार्यक्रम गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.