विमानस्थल खुलाउन हिउँ पन्छ्याइँदै

विमानस्थल खुलाउन हिउँ पन्छ्याइँदै

सुर्खेत : हुम्लाको सिमकोट विमानस्थलमा ३ फिटसम्म हिउँ जमेपछि सुरक्षाकर्मीले हिउँ पन्छाउन थालेका छन् ।हिमपात रोकिएसँगै आइतबारबाट विमानस्थलको हिउँ पन्छाउन सुरु गरिए पनि मंगलबारसम्म हिउँ पन्छाउन समय लाग्ने सहायक प्रमुख जिल्ला अधिकारी दत्त हमालले बताए। 

उनका अनुसार हुम्लामा हिमपातले चार दिनदेखि हवाइ उडान हुन नसकेपछि नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन गरी हिउँ पन्छाउन थालिएको हो । 'रनवेको हिउँ फाल्न हेलिकप्टरबाट ल्याइएको गाडी बिग्रिएपछि सुरक्षाकर्मी परिचालन गरिएको हो,' उनले भने, 'सडक सञ्जालमा नजोडिएको हुम्लामा हवाइ सेवाको विकल्प छैन, त्यसैमा हिमपातले विमानस्थल बन्द भएपछि यात्रुहरु सकसमा छन् ।'

विमानस्थल बन्द हुँदा बिरामी तथा अन्य महत्वपूर्ण कामका लागि जिल्ला बाहिर जानेलाई समस्या भएको छ । पर्याप्त सुरक्षाकर्मी परिचालन गरी हिउँ फाल्ने काम सुरु गरिएको छ । भारी हिमपातले उडान नहुँदा बुधबार नाम्खा गाउँपालिकामा भएको दुर्घटनाका घाइतेको उद्धार गर्न समस्या भएको उनले बताए। 

'जिल्लामा कुनै आकस्मिक घटना भई तत्काल उद्धार गर्नुपरेमा अवस्था गाह्रो छ, उनले थपे,'त्यसैले हतार हतारमा स्थानीय स्तरमा उपलब्ध स्रोत साधानको सहायतामा हिउँ पन्छाउने काम जारी छ ।'

जिल्लाका ग्रामीण क्षेत्रमा ४ फिटसम्म हिउँ परेको छ । भने तापक्रम माइनस ७ डिग्रीमा झरेको छ। मानसरोवर-कैलाश पदमार्गसमेत हिउँले भरिएकाले स्थानीयलाई एक गाउँबाट अर्को गाउँ जान समस्या भएको छ । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.