१३ वर्षमा विमानस्थलको निर्माण सम्पन्‍न

१३ वर्षमा विमानस्थलको निर्माण सम्पन्‍न

ओखलढुंगा : पर्यटर्कीय स्थललाई केन्द्रित गरेर निर्माण थालिएको खिजीदेम्वाको खिजीचण्डेश्वरी विमानस्थल निर्माण सम्पन्न भएको छ। १३ वर्षपछि ३ करोड बढी खर्चेर बनाइएको उक्त विमानस्थलको काम सम्पन्न भएको हो। ०६३ सालमा निर्माण कार्य सुरु भएको थियो। 

कच्ची रनवे रहेको उक्त विमानस्थलको निर्माण कार्य पुरा भएको खिजीदेम्वा गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोक्‍काले बताए । विमानस्थल सुचारु गर्न सके यस क्षेत्रको पर्यटन विकासमा ठूलो योगदान हुने रोकाको भनाइ छ । निर्माण सकिए पनि उडान भने अनिश्चित छ । पर्यटकीय क्षेत्र, सडक यातायातको पहुँच कम, तथा खिजीबाट लुक्लालगायतका ठाउँमा पर्यटक जान नजिक र सस्तो पर्ने भएकाले यो विमानस्थल सुचारु गर्नुपर्ने स्थानीयको माग छ । 

स्थानीय युवा चम्पक सुनुवारले यो विमानस्थल खिजीको लाइफलाइन भएकाले चाँडो सुचारु गर्नुपर्ने बताए । उनले सांसद र प्राधिकरणसँग गाउँपालिकाले समन्वय गरेर उडान सुचारु गर्नुपर्नेमा जोड दिए । ठेकेदारको ढिलासुस्ती र प्राविधकरणको वेवास्तका कारण काम थालेको १२ वर्षसम्म यो विमानस्थलको काम अलपत्र थियो । गत वर्षबाट धमाधम काम भएकाले अहिले रनवे पुरा भएको छ । यात्रु प्रतिक्षय, सुरक्षा पोष्ट लगायतका काम अझै अधुरै छन् । 

विमानस्थलको काम सकिएपछि अनुगमनमा सांसदसहितको प्राविधिक टोलीले अनुगमन समेत गरेको छ । संघीय संसदको विकास तथा प्रविधि समितिका सदस्य सांसद यज्ञराज सुनुवारले विमानस्थल साँघुरो भएकाले स्तरोन्नति गर्न र पर्यटकीय उडानका लागि सुरक्षित बनाउन पर्यटन मन्त्री ल्याएर परिक्षण उडान गरिने जानकारी दिए ।

सुनुवारले खिजीसम्म जहाजमा आएका पर्यटकलाई देम्वा, पिके हुँदै सगरमाथा जान पदमार्ग सहज रहेकाले विमानस्थल महत्वपूर्ण रहेको बताए । खिजी चण्डेश्वरी विमानस्थलले सगरमाथा पदमार्गलाई पनि जोड्छ । सगरमाथा जाने पदमार्ग पनि स्तरोन्नति गरेर विमानस्थल सुचारु गर्न सके  यस क्षेत्रमा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीय युवा सुदिप सुनुवारले बताए । ठेकेदारकै लापरवाहीले ३ करोडको पूर्वाधार बन्न १३ वर्ष लाग्नु दुःखद भएको उनको भनाइ छ । 

पर्यटकीय क्षेत्रका पूर्वाधार समयमै सम्पन्न गर्दा राज्यलाई नै फाइदा हुने भएकाले यस तर्फ स्थानीय सरकार जुट्नु पर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् । यही विमानस्थलबाट ४ घण्टा पैदल दुरीमा नेपालका ७ अग्लामध्येको एक देम्वाडाँडा समेत रहेको छ ।

खिजी विमानस्थलले देम्वाको पर्यटनमा समेत योगदान हुने पर्यटन व्यवसायी पेम्वा शेर्पाले बताए । शेर्पाले अहिले उडान शुचारु गरेर यसको थप स्तरोन्नति पनि गर्न आवश्यक भएको जनाए । यो विमान स्थलको रनवे १२ मिटर फराकिलो विमानस्थल पाँच सय ८० मिटर लामो छ।

खिजीदेम्वा विमानस्थल निर्माण सकिएपछि सांसदसहितको अनुगमन टोली लिएर आएको हेलिकप्टर ।तस्बिर : शिवप्रसाद ढुंगाना 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.