व्यवसायिक गतिरोधले पुँजीगत लाभकर घट्यो

व्यवसायिक गतिरोधले पुँजीगत लाभकर घट्यो

काठमाडौं : चालु आर्थिक वर्षको ५ महिनामा पुँजीगत लाभकर गत वर्षको सोही अवधिको तुलनामा ८७ प्रतिशत घटेको छ। व्यवसायिक गतिविधिमा गतिरोध तथा लगानीको क्रियाकलाप सुस्त हुँदा व्यवसायिक कारोबारमा लाग्ने यस्तो कर संकलन न्यून भएको हो। खासगरी घरजग्गा र सेयर कारोबारमा मन्दी आउँदा पुँजीगत लाभकर घटेको हो। १० लाख माथिको कारोबारमा पुँजीगत लाभकर तिर्नुपर्छ।

आन्तरिक राजस्व विभागका अनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा ११ करोड ९७ लाख रुपैयाँ मात्रै कर्पाेरेट पुँजीगत लाभकर संकलन भएको छ। यो गत आवभन्दा ८७ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिमा ९३ करोड ५९ लाख रुपैयाँ मात्रै पुँजीगत लाभकर संकलन भएको थियो। आर्थिक वर्ष २०७४/७५को तुलनामा यो सात सय ३६ प्रतिशतले बढी हो।

१० लाख माथिको कारोबारमा पुँजीगत लाभकर तिर्नुपर्छ।

आर्थिक वर्ष २०७४/७५ मा यस्तो कर ११ करोड १८ लाख रुपैयाँ संकलन भएको थियो। पुँजीगत लाभकरको सम्बन्ध लगानी र नाफासँग हुन्छ। सेयर बजार र घरजग्गा कारोबारमा आएको मन्दीको प्रभावसमेत लाभकर संकलनमा देखिएको छ।

लगानीको विस्तारसँगै पुँजीगत लाभकर संकलन बढ्ने सम्भावना हुन्छ। पुँजीगत लाभकरको दर न्यून हुँदा लगानीको जोखिम कम हुन्छ। पुँजीगत लाभकरको दर बढी हुँदा नाफा कम हुने अवस्था रहन्छ। यस्तै जोखिम न्यूनीकरणका लागि लगानीकर्तालाई समेत अप्ठेरोमा पार्ने अर्थविद् बताउँछन्।

व्यक्तीगततर्फ पुँजीगत लाभकर ३० प्रतिशतले बढी संकलन भएको छ। यस अवधिमा ४ अर्ब १६ करोड रुपैयाँ यस्तो पुँजीगत लाभकर संकलन भएको थियो। गत आवको सोही अवधिमा ३ अर्ब १९ करोड रुपैयाँ संकलन भएको थियो।

नेपाल स्टक एक्स्चेन्जले पुँजीगत लाभकरबापत् २२ करोड ८७ लाख रुपैयाँ पुँजीगत लाभकर संकलन भएको छ।

ठूला कर्पाेरेट संस्थाको स्वामित्व हस्तान्तरणको गतिविधि नहुँदा पुँजीगत लाभकर संकलनमा कमी आएको अर्थविद् शान्ताराज सुवेदीले बताए। उनले भने, ‘गत आवमा एनसेलबाट ठूलो मात्रामा पुँजीगत लाभकर संकलन भएको थियो। त्यसैले धेरै देखिएको थियो। यसपालि त्यस्तो ठूलो कारोबार भएको छैन।’

नीतिगत तवरले जग्गा कारोबारमा कित्ताकाँट खुल्ला गरिए पनि मालपोत कार्यालयले कित्ताकाट लागू नगरेको अवस्था छ। यसले गर्दा जग्गा कारोबार बढ्न नसकेको अवस्था छ।

घरजग्गा कारोबारमा कमी आएकाले पुँजीगत लाभकर संकलन प्रभावित भएको उनको टिप्पणी छ। उनले भने, ‘लगानीको अरु क्षेत्रमा सम्भावना कम हुँदा जग्गाको भाउ पनि महँगिएको छ।’ सेयर बजारमा पनि सुधार आउन नसक्दा पुँजीगत लाभकर संकलन धेरै हुन सकेको छैन। धितोपत्रमा पुँजीगत लाभकर बढाउने चर्चा चलिरहँदा लगानीकर्ता सशंकित भई सेयर बजार ओरालो लाग्यो। यद्यपि, सरकार यस निर्णयबाट पछि हट्दा सेयर बजारमा केही सुधार अवश्यक आएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.