अवरुद्ध बेनी-जोमसोम सडक सञ्‍चालनमा

अवरुद्ध बेनी-जोमसोम सडक सञ्‍चालनमा

बेनी : म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी-जोमसोम सडक चार दिनपछि सञ्चालनमा आएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका ३ मा पर्ने गुइठेभीरमा सुख्खा पहिरो खसेपछि पुष ११ गतेदेखि अवरुद्ध भएको सडक सोमबार साझदेखि सञ्चालनमा आएको हो। 

पहिरो पन्छाएर मर्मत गरेपछि ७६ किलोमिटर दुरीको बेनी-जोमसोम सडकमा सिधा यातायात सञ्चालन गरिएको बेनी-जोमसोम कोरला सडक आयोजनाका सुपरभाइजर इन्द्रसिङ शेरचनले जानकारी दिए । 

बेनी-जोमसोम-कोरला सडक आयोजनाको ठेकेदार कम्पनी शर्मा-गजुरमुखीको एक्साभेटर प्रयोग गरेर पहिरो पन्छाइएको हो । गुइठेभिरमा निरन्तर पहिरो खस्न थालेपछि बैकल्पिक सडक बनाउने प्रयास गरेपनि सफल भएन् । 

बाइपास सडक सफल नभएपछि पुरानै बाटो मर्मत गरेर सवारी सञ्चालन गरिएको सिमा प्रहरी चौकी भुरुङ्ग तातोपानीका ट्राफिक प्रहरी लक्ष्मण क्षेत्रीले बताए । पहिरो पन्छाउन जोखिम मोलेर काम गरेका एक्साभेटर चालकलाई सुपरभाइजर शेरचनले व्यक्तिगत रुपमा पाच हजार रुपैया पुरस्कार दिएको बताए।  

सडक अवरुद्ध हुदा देशका विभिन्न ठाउँबाट बेनी हुदै मुस्ताङ जान हिडेका र मुस्ताङ हुदै बेनी तर्फ छुटेका सवारी साधनहरु बिच बाटोमै रोकीएका थिए । यातायात व्यवसायीले गाडी बदली गरेर यात्रुलाई गन्तब्यमा पुर्‍याउने व्यवस्था मिलाएपनि ढुवानीका साधनको आवत जावत ठप्प भएको थियो। 

स्तरोन्नतिको क्रममा रहेको बेनी-जोमसोम सडकको गुइठेभिर खण्ड जोखिमयुक्त मानिन्छ । यो ठाउँमा पटक-पटक पहिरो खस्ने गरेको छ । स्थानीयबासी, मुक्तिनाथ जाने र फर्कने तिर्थयात्री तथा पर्यटक प्रभावित भएका छन् । 

यसैबीच बेनी-जोमसोम सडकमा दैनिक आठ घण्टा सवारी रोकिने भएको छ । स्तरोन्नतिका लागि सवारी रोकेर सडक विस्तारको काम गर्न लागिएको हो । बिहान ७.३० देखि ११ र दिउँसो २.३० देखि साँझ ६ बजेसम्म सवारी रोकिने आयोजना प्रमुख मुकुन्द अधिकारीले बताए ।
 
सवारी साधनको चाप कम हुने समयमा कामलाई गति दिन समयतालिका बनाइएको उनले बताए। बेनी-जोमसोम सडक ४ वटा प्याकेजमा स्तरोन्नति भइरहेको छ । म्याग्दीको गलेश्वरदेखि नारच्याङ पुलसम्मको प्याकेज १ मा सडक फराकिलो बनाउने, पर्खाल लगाउने र नाली बनाउने तथा ग्रेड मिलाउने काम भइरहेको छ । 

प्याकेज २, ४ र ४ खण्डमा पहाड काट्ने, फराकिलो बनाउने र पर्खाल निर्माण भइरहेको छ । २०७४ मा भएको ठेक्का सम्झौताको म्याद मंसिरमा सकिएको छ । आउँदो जेठसम्म म्याद थपको तयारी भएको आयोजनाले जनाएको छ । 

उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरीडोर सडक आयोजना अन्तरगत बेनीदेखि जोमसोम खण्डको ५० प्रतिशत र जोमसोम देखि कोरला खण्डको ८० प्रतिशत भौतिक प्रगति भएको छ । सातवटा प्याकेजमा सञ्चालित ११० किलोमिटर दुरीको जोमसोम-कोरला खण्डको अन्तिम पटक थप भएको म्याद आगामी असारमा सकिदैछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.