ग्रहदशा काट्न बाघलाई भोजन

ग्रहदशा काट्न बाघलाई भोजन

 काठमाडौं : मनोकांक्षा पूरा गर्न ब्रत बस्ने, मन्दिर गएर पूजा गर्ने तथा बटुवा र वृद्धवृद्धालाई भोजन गराउने प्रशस्तै भेटिन्छन् । तर ग्रहदशा कटाउन बाघलाई पनि भोजन गराउँछन् भन्ने सुन्दा धेरैलाई अचम्म लाग्न सक्छ । जावलाखेलस्थित सदर चिडियाखानामा यस्तो पनि व्यवस्था छ ।

चिडियाखानाकी वरिष्ठ क्युरेटर (जनावरको व्यवस्थापन विज्ञ) रचना शाहका अनुसार बाघलाई हरेक आइतबार भोजन खुवाउने व्यवस्था गरिएको छ । भोजन गराउन चाहनेले अघिल्लो दिन नै चिडियाखानामा खबर गर्नु पर्छ । चिडियाखाना व्यवस्थापनले अघिल्लो दिनको अर्डर अनुसार भोजनको व्यवस्था गराउँछ ।

कुन ग्रहका लागि कसलाई भोजन ?

सूर्य–मंगलका लागि बाघ

राहुका लागि हात्ती

चन्द्रका लागि परेवा

वृहस्पति–शुक्रका लागि गाई

शनि–केतुका लागि कुकुर

बुधका लागि बाख्रा

शाहका अनुसार कुनै दिन ६ सात जनाले खुवाउँछन् भने कुनै दिन एक जना पनि आउँदैनन् । बाघलाई भोजन गराउन चाहनेले प्रतिव्यक्ति दुई सय रुपैंया शुल्क तिर्नुपर्छ । यो शुल्कमा चिडियाखाना व्यवस्थापनले नै मासु उपलब्ध गराइदिन्छ ।

चिडियानाका कर्मचारीको सहयोगमा मासु खुवाउने व्यवस्था गरिने साहले जानकारी दिइन् । ज्योतिषविज्ञ डा. सुनील सिटौलाका अनुसार सूर्य र मंगल ग्रहबाट शान्तिका लागि बाघलाई भोजन गराउने व्यवस्था छ ।

चिडियाखाना व्यवस्थापनले हात्तीलाई पनि भोजन गराउने व्यवस्था गरेको छ । हरेक दिन मंगलबार हात्तीलाई भोजन गराउन सकिन्छ । हात्तीलाई गणेशको वाहन मानिन्छ । गणेश भक्त मंगलबार ब्रत बस्छन् ।

चिडियाखानामा हात्तीलाई भोजन गराउँदा भने प्रतिव्यक्ति एक सय पचास रुपैंया तिर्नुपर्छ । उक्त शुल्क तिरेपछि प्रशासनले नै भोजनको व्यवस्था गरिदिन्छ । हात्तीलाई विशेष गरी पराल, नरिवल, काउली, बन्दागोभीलगायतका खानेकुरा खुवाउन पाइन्छ । सिटौलाका अनुसार राहु ग्रह शान्तिका लागि हात्तीलाई भोजन गराइन्छ ।

उनका अनुसार चन्द्र ग्रहबाट शान्तिका लागि परेवालाई खुवाइन्छ । वृहस्पति ग्रहका लागि गाइ, बुध्र ग्रह हुनेले बाख्रा तथा शनि र केतु ग्रहबाट शान्तिका लागि कुकुरलाई भोजन गराउँदा राम्रो हुन्छ । चिडियाखानाको पछिल्लो तथ्यांक अनुसार यहाँ एक सय १२ प्रजातिका एक हजार ९८ वटा जनावर छन् । यो एक सय २० रोपनी क्षेत्रफलमा फैलिएको छ ।

चिडियाखानाको प्रवद्र्धन गर्न प्रशासनले चिडियानाको साथी (फ्रेन्ड्स अफ जु) कार्यक्रम सञ्चालन गरेको छ । यसको सदस्यता लिएका विद्यार्थी तथा संस्थाले चिडियाखानाको भान्सामै गएर फलफूल काट्न तथा जनवारलाई खुवाउन पाउँछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.