दैलेखका छाउगोठ : २५ वर्षयता १३ जनाको मृत्यु

दैलेखका छाउगोठ : २५ वर्षयता १३ जनाको मृत्यु

दैलेख : चामुण्डा विन्द्रासैनी नगरपालिका–६ लैनचौरकी १९ वर्षीया तुलसी शाहीको ०७५ असार २२ मा साँघुरो छाउगोठमा सुतेका बेला सर्पले डस्यो। तुलसीलाई उपचारका लागि अस्पताल लैजानुको साटोे धामीझाँक्रीकहाँ झारफूक गर्दा अकालमा ज्यान गयो। यही नगरपालिकाकी २४ वर्षीया लालसरा विकको पनि ०७५ जेठ ८ गते छाउगोठर्म ज्यान गयो।

छाउगोठमा बस्दा भएका मृत्युका यी प्रतिनिधिमूलक घटना मात्र हुन्। यस्तो हुँदा पनि जिल्लामा छाउगोठमा बस्ने चलन अझै हटेको छैन। २५ वर्षयता जिल्लाका १३ जना महिलाको छाउगोठमै ज्यान गएको छ। महिनावारीका बेला छाउगोठमा बस्दा सर्पले डसेर, कठ्यांग्रिएर, निसास्सिएर र बिरामी परेर महिलाहरू छाउगोठमै ज्यान गुमाउन बाध्य छन्। तर अझै छाउपडी प्रथा उन्मूलन हुन सकेको छैन।

छाउगोठमुक्त घोषित ठाउँका महिलासमेत छाउगोठमै बसिरहेका छन्। राकम कर्णाली, तिलेपाटा, पिपलकोटलगायत गाउँलाई छाउगोठमुक्त घोषणा गरिएको थियो। तर देवीदेवता र समाजका डरले महिला अझै छाउगोठमै बस्छन्। लैनचौरकी धीर्जा शाहीले जतिसुकै ठुल्ठूला कुरा गरे पनि छाउपडी ज्यूँ का त्यूँ रहेको बताइन्। एक सर्वेक्षणका आधारमा दैलेख जिल्लामा अझै ४ सय छाउगोठ छन्।

छाउपडीले विकराल रुप लिन थालेपछि स्थानीय प्रशासनले कडाइ गर्न थालेको छ। ११ वटै स्थानीय तहमा छाउपडी उन्मूलनसम्बन्धी अन्तरक्रिया र छलफल गर्न सुरु गरेको सीडीओ युवराज कट्टेलले बताए। ‘पहिलो चरणमा कानुनी व्यवस्थाबारे समुदायलाई जानकारी दिनेछौं, अटेरी गरेर छाउगोठमै बसिरहे छाउगोठ भत्काउँछौं,’ उनले भने, ‘छाउगोठ नभएका र भत्काएका स्थानका महिला गोठमै बसेको फेला परे कानुनी कारवाही हुन्छ।’ यसअघि छाउगोठमा बसेकै कारण अधिकांशले अकालमा ज्यान गुमाउनुपरेकाले अब छाउगोठमा बस्न बाध्य पार्ने घरपरिवारलाई पनि कानुनी दायरामा ल्याउने तयारी भएको सीडीओ कट्टेलले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.