कर्णालीमा हिमपात र वर्षा

कर्णालीमा हिमपात र वर्षा

सुर्खेत : चिसोले कर्णालीको जनजीवन कष्टकर बनेको छ । मंगलबारदेखि ह्वात्तै बढेको चिसोका कारण कर्णाली प्रदेशका सबै जिल्लाको जनजीवन प्रभावित भएको हो । चिसोले यहाँका स्थानीयलाई घरबाहिरको काम गर्न समेत सकस भएको छ ।

चिसो बढेपछि बिहीबार बिहानदेखि कर्णाली प्रदेशको हुम्ला, मुगु, जुम्ला र डोल्पाको उच्च भू-मागमा हिमपात सुरु भएको छ । भने कालिकोट, दैलेख, जाजरकोट, सल्यान र सुर्खेतमा सामान्य वर्षा हुने क्रम जारी छ । हुम्लामा बिहानदेखि सुरु भएको हिमपातसँगै चिसो बढेपछि त्यहाँका स्थानीयलाई घर बाहिर निस्कन मुस्किल परेको हो । 

चिसोले बालबालिका, वृद्धवृद्धा र काममा निस्कने व्यक्ति बढी प्रभावित भएका छन् । जुम्लामा भेडाबाख्रासहित अन्य पशुचौपायालाई समेत चिसोको संक्रमणले सताएको तातोपानी गाउँपालिकावासी मुनबहादुर कामीले बताए । हुम्लामा चिसोका कारण रुघाखोकीको संक्रमण बढ्दै गएको हुम्लाका प्रमुख जिल्ला अधिकारी विनिता भट्टराईले बताइन् ।

चिसोका कारण जुम्लाको तापक्रम माइनस २ दशमलब ६ डिग्री सेल्सियसमा झरेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ ।वीरेन्द्रनगरको न्युनतम तापक्रम १० दशमलब १५ डिग्री सेल्सियस पुगेको जल तथा मौषम विज्ञान कार्यालय सुर्खेतका प्रमुख विदोद पराजुलीले बताए । 

मौसमी पूर्वसूचना दिन सुर्खेतको रातानाङ्ला डाडाँमामा स्थापना भएको नेपालकै पहिलो मौसमी राडरकानुसार शनिबारसम्म लगातार कर्णालीका उच्च हिमाली क्षेत्रमा हिमपात र वेशीमा वर्षाको सम्भावना रहेको पराजुलीले बताए । 

उनकानुसार कर्णाली प्रदेशसँगै सुदूपश्चिमको बाजुराको लेक क्षेत्रमा पनि हिमपात भइरहेको छ । कैलालीसहितका तराईका जिल्लामा वर्षा हुने सम्भावना छ । चिसो बढेसँगै हिमपात, वर्षा, हुस्सु र तीब्र हावाको बेगका कारण कर्णालीमा हवाई उडान समेत हुन सकेको छैन। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.