हिमपातले उडान ठप्प
सुर्खेत : बिहीबार बिहानदेखि कर्णालीका हिमाली जिल्लामा सुरु भएको भारी हिमपातका कारण उडान ठप्प भएका छन्। हिमपातका कारण उडान ठप्प हुदाँ सुर्खेत र नेपागञ्जबाट कर्णालीका जुम्ला, मुगु, हुम्ला र डोल्पा जाने यात्रु मर्कामा परेका हुन्।
सुर्खेत विमानस्थल प्रमुख उमेशकुमार पन्तीका अनुसार हिमपातका कारण शुक्रबार कर्णालीका कुनै पनि जिल्लामा उडान हुन सकेन। मंगलबार साँझदेखि कर्णालीमा भएको हिमपातसँगै वर्षाका कारण यातायात सेवासमेत प्रभावित भएका छन्। चिसो बढेपछि जुम्लाको तापक्रम माइनस २ दशमलब ६ डिग्री सेल्सियसमा झरेको छ।
प्रतिक्रिया दिनुहोस !