आगलागी हुँदा ७० बाख्राको मृत्यु

आगलागी हुँदा ७० बाख्राको मृत्यु

मुगु : छयाँनाथ रारा नगरपालिका-१४ बाम रोल्का गाउँमा शनीबार राती आगलागी भएको छ । आगलागीमा दुई घरका ७० बाख्रा जलेर मरेका छन् । स्थानीय दानबहादुर बढुवाल र तिर्थ बुढाको घरमा आगलागी हुँदा गोठमा रहेका ७० बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यलय मुगुले जानकारी दिएको हो । 

आगलागी भएको स्थान सदरमुकाम गमगढीबाट ४ घण्टा टाढा भएको र आगलागीको जानकारी आइतबार मात्रै आएकाले घटनाबारे बुझ्न प्रहरी घटना स्थलतर्फ जाँदै गरेको प्रहरीले बताएको छ । आगलागीबाट ७० बाख्रा र दुई घर जलेको जानकारी प्राप्त भएको छ । 

मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यलय मुगुका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद साहाले बताएका छन् ।

दानबहादुर बुढाका ७० बाख्रा र १५ क्वीन्टल स्याउ, २० हजार नगद, अन्नपात लत्ता कपडा, भाँडाकुडा, नागरिकता जलेको र तिर्थ बुढाका ९० हजार नगद, १५ क्वीन्टल स्याउ, १० वटा कुखुरा, १ सय ४० लिटर डिजेल, खरायो, अन्नपात लत्ता कपडा , भाँडा जलेर नष्ट भएको आगलागी पिडितले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.