निसासिएर श्रीमतीको मृत्यु, श्रीमान् आइसीयूमा
सुर्खेत : जिलाको वीरेन्द्रनगर नगरपालिका–२ कोलडाँडाको नयाँबस्तीमा घरभित्र निसासिएर एक महिलाको ज्यान गएको छ भने उनका श्रीमानको आईसीयूमा उपचाररत छन्। आइतबार राती आफ्नै घरभित्र कोइला बालेर सुतिरहेका स्थानीय हरिबहादुर कामी र उनकी पत्नी चन्दा कामी निसासिएका थिए।
मृतकका नातेदार लालबहादुर सार्कीकाअनुसार आइतबार राती उनीहरु खाना खाएर एउटै कोठाभित्र सुतिरहेका थिए। जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक दिल्लीराज पन्थले घटनास्थलमै चन्द्राको मृत्यु भएको बताएका हुन्।
प्रतिक्रिया दिनुहोस !