जति निभाउँदा पनि नरोकिने रहस्यमय आगो !

जति निभाउँदा पनि नरोकिने रहस्यमय आगो !

जनकपुरधाम : धनुषाको एक गाउँमा आफैँ दनदनी आगो बल्ने गर्दछ। त्यहाँ न ग्यास लिक भएर पड्केको हुन्छ, न विद्युत सर्ट हुन्छ, न त कसैले आगो झोसेको नै हुन्छ, झन आफ्नै घरमा कोही कसैले आगो लगाउने त सोच्नै सक्दैन। कसैले आगो नलगाउँदा पनि धुवाँको मुसुलोसँगै ह्वारह्वार्ती आगो लाग्ने आश्चर्यजनक घटना हुने गरेको स्थानीय बताउँछन् । 

धनुषाको धनौजी गाउँपालिका ३ झोझिकटैया स्थित पूर्व गाविस अध्यक्ष गर्भु मुखियाको घरमा पटक–पटक आगलागी हुँदै आएको छ। घरमुली पीडित रोहित मुखियाले आगलागीको कुनै कारण नभए पनि पटक–पटक आगलागी हुने गरेको बताए। उनले भने, ‘सुरुमा आगोबाट धुवाँको मुस्लो उठछ, हामी हेर्न जान्छौं, त्यो बेलासम्म सबै जलेर सखाप भइसकेको हुन्छ।’ 

गत बिहिबारदेखि एक्कासी आगलागी हुँदा आसपासका स्थानीयसमेत त्रसित छन्। स्थानीय सावित्री श्रेष्ठले एक्कासी आगलागी हुनु आफैँमा आश्चर्यजनक भएको बताइन्। उनले भनिन, ‘आफैँ आगो लाग्छ भनेको सुनेर म हेर्न आएँ, म आएको बेलैमा फेरि आगलागी भयो, मसमेत आश्चर्यमा परेँ।’

पीडित रोहित मुखियाले आगलागी हुनुपूर्व ४० तोला सुन, चाँदी, ३५ हजार रुपैयाँ सहितका सामग्री बन्द दराजबाट गायब भएको बताए। उनले दराज तथा बाकसको साँचो देखाउँदै भने, ‘बाकस र दराजको साँचो हामीसँगै छ, तर चाँदी र ३५ हजार रुपैयाँ गायब छ, केही सरसामान निकाल्न बन्द बाकस, दराज खोल्छौं, तर त्यहाँबाट दनदनी आगो बलिरहेको हुन्छ, हामीले चार दिनदेखि न सुत्न पाएका छौं, न राम्ररी खान नै पाएका छौं, घरपरिवारका सबै त्रसित छन्, हामी कसरी बाँच्नु ?’

घरमा जेठी बुहारी इन्दु देवी मुखियाले लगाएको साडी तथा पेटिकोटमा समेत आगो लागेको देखाउँदै रोहित मुखियाले भने, ‘मेरो भाइ अनिल मुखियाको एसएलसीदेखि मास्टर्ससम्मको प्रमाणपत्रमा समेत आगो लाग्यो। ताप्लेजुङ्गमा लोकसेवा आयोगको मौखिक परीक्षा दिन लागेको थियो, सबै सर्टिफिकेट जल्यो, अन्तर्वार्ता समेत छुट्यो।’

घरमा टिनाको ड्राममा राखेको धान, बोरामा राखेको चामल, दराज र बाकसमा राखेको लत्ता–कपडा, डस्ना, सिरकसहितका सामग्री जलेको छ। जलेको सामग्रीहरु बचाउन सबै घरबाट निकालेर बाहिर राखेका छन्। २२ घरपरिवारको सदस्य रहेको मुखिया परिवारमा आगलागीबाट ३ वर्षीया बालिका समेत घाइते भएकी छिन्। 

धनुषाको सिमावर्ती धनौजी गाउँपालिका स्थित भडरिया प्रहरी चौकी तथा सशस्त्र बेस क्याम्पबाट आगो निभाउन आएका प्रहरीको जुत्ता जलेको प्रहरीको भनाइ छ। प्रहरी सहायक निरीक्षक कृष्णनन्दन ठाकुरले पटक–पटक आगो लाग्ने गरेको स्विकारे। उनले भने, ‘एकातिर आगो निभाउँछौं, अर्कोतिर लाग्छ, हामी पनि आश्चर्यमा छौं, तर अनुसन्धान जारी छ, जिल्लाबाट समेत टोली आएपछि थप अनुसन्धान हुन्छ।’  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.