पृथ्वी जयन्तीमा गोरखामा सार्वजनिक बिदा

पृथ्वी जयन्तीमा गोरखामा सार्वजनिक बिदा

गोरखा : नेपाल एकीकरणका अगुवा तत्कालीन गोरखाका राजा पृथ्वीनारायण शाह जन्मेको दिन पारेर गोरखाका तीन पालिकाले सार्वजनिक विदाको घोषणा गरेका छन् । आउँदो पुस २७ गतेलाई पृथ्वीजयन्तीको रुपमा मनाउन गोरखा नगरपालिका, पालुङटार नगरपालिका र भीमसेन थापा गाउँपालिकाले सार्वजनिक बिदा घोषणा गरेका हुन् ।

कार्यपालिकाको बैठकबाट निर्णय गरेर सो दिन पालिका मातहतका कार्यालयहरुमा बिदाको घोषणा गरेको ती पालिकाले जानकारी दिएका छन् । 

तीनवटै पालिकाले स्थानीय स्तरमा विभिन्न कार्यक्रमको आयोजना गरी पृथ्वीजयन्ती मनाउन लागेको बताएका छन् । पृथ्वी जयन्तीको अवसरमा गोरखा नगरपालिकाले पुस २६ र २७ गते दुई दिवसीय कार्यक्रमको आयोजना गरेको मेयर राजन पन्तले जानकारी दिए ।

पुस २६ गते पृथ्वीनारायण शाह र एकीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ । इतिहासविद् डाक्टर द्रोणराज काफ्लेको उपस्थितिमा आयोजित सो कार्यक्रमको आयोजना पत्रकार महासंघ गोरखाले गर्ने मेयर पन्तले जानकारी दिए । त्यस्तै नगरपालिकाले २६ गते साँझ घरघरमा दिपवाली गर्न पनि गोरखा नगरक्षेत्र भित्रका सबैलाई अनुरोध गरेको छ ।

पुस २७ गते बिहान नगरक्षेत्रको सरसफाई र दिउँसो हरमटारीदेखि गोरखा संग्राहालय परिसरसम्म झाँकीसहित र्‍याली आयोजना गरिएको मेयर पन्तले जानकारी दिए ।  र्‍यालीको संयोजन गोरखा उद्योग वाणिज्य संघले गर्नेछ । 
पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक रहेको गोरखा संग्राहालय परिसरमा सो दिनमा कोण सभाको आयोजना गरिने मेयर पन्तले बताए । पृथ्वीनारायण शाह र उनको योगदानको इतिहासले गोरखाको पर्यटनमा समेत फाइदा पुग्ने भएकाले प्रचार प्रसार गर्न स्मरण स्वरुप कार्यक्रम गरिएको नगरप्रमुख पन्तले बताए । 

भिसमेन थापा गाउँपालिका अध्यक्ष ईश्वर पाण्डे र पालुङटार नगरपालिकाका प्रमुख दिपकबाबु कंडेलले पृथ्वीनारायण शाहको उच्च सम्मानमा उक्त दिन सार्वजनिक बिदा दिएर कार्यक्रम गर्न लागिएको बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.