मदिरा पिएपछि झडप हुँदा एक जनाको मृत्यु

मदिरा पिएपछि झडप हुँदा एक जनाको मृत्यु

गोरखा : आपसी कुटाकुटमा गोरखा नगरपालिका ६ का ५९ वर्षीय गोपाल उपरकोटीको मृत्यु भएको छ। 

गोरखा नगरपालिका-८ थालकडाँडामा बुधबार दिउँसो भएको झडपमा स्थानीय ५० वर्षीय रामबहादुर सिर्मलको कुटाइबाट उपरकोटीको मृत्यु भएको प्रहरी प्रमुख एसपी ओम अधिकारीले जानकारी दिए।

आपसी कुटाकुटमा उपरकोटी बेहोस भएर ढलेका र लामो समयसम्म पनि होस नखुलेपछि उपचारका लागि गोरखा अस्पताल ल्याउँदै गर्दा उनको ज्यान गएको प्रहरीले जनाएको छ।

दुबै जना मदिरा सेवन गरेर बसिरहेको र एक आपसमा भनाभन हुँदा कुटपिट भएको थियो। सिर्मल अहिले प्रहरी नियन्त्रणमा रहेको र घटनबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.