मध्यपहाडी लोकमार्ग अलपत्र

मध्यपहाडी लोकमार्ग अलपत्र

बागलुङ : राष्ट्रिय गौरवको आयोजनामध्येको पुष्पलाल मध्यपहाडी लोकमार्गको बागलुङ–घोडाबाँधेको तल्लो खण्डको काम पुनः अलपत्र परेको छ। यस खण्डको २५ किलोमिटर मध्ये अक्षेते–बिहुँ खण्डमा सन्तोषजनक काम भए पनि उपल्लाचौरदेखि अक्षेतेसम्मको सडक निर्माणमा प्रगति देखिएको छैन। स्थानीयको दबाब र सांसद तथा जनप्रतिनिधिको पहलपछि लोकमार्ग निर्माणको कामले केही साता गति लिएको थियो।

ठेकेदारले वास्ता नगरेको भन्दै लोकमार्ग निर्माणका खटिएका कामदारले काम छाडेका छन्। ‘काम द्रुत गतिमा अघि बढ्ने आशले मजदुर आएका थिएन,’ स्थानीय सन्तोस शर्माले भने, ‘तर निर्माणस्थलमा ठेकेदार नै नआउने र ज्याला पनि अनिश्चित भएपछि काम छाडेर गएका छन्, अहिले काम अलपत्र अवस्थामा छ।’

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय पर्वतका इञ्जिनियर रामप्रसाद सुवेदीले पनि ठेकेदारको लापरवाहीले आयोजनाको काम अलपत्र परेको बताए। केही दिन अघिमात्र मजदुर उतारेर नाली निर्माण र भीर कटानको काम अघि बढाइएको थियो। तर त्यो कामले एक महिनासम्म पनि निरन्तरता पाउन सकेन।

‘आयोजना कार्यालय र जिल्लावासीको निरन्तरको पहलपछि निर्माण कम्पनी काम गर्ने गरी कार्यक्षेत्रमा आएको थियो। एकपटक मात्रै देखा परेका ठेकेदारले मजदुर रिझाउन नसक्दा तल्लो खण्डको काममा प्रगति देखिएन’, इञ्जिनियर सुवेदीले भने, ‘अहिले त मजदुर पनि छैनन्, एक दुई जना देखाएर आँखामा छारो हाल्ने काम हुँदैछ।’ ठेकेदारले प्रतिबद्धता गरे अनुसारको काम अघि नबढाएपछि आयोजना कार्यालयको तर्फबाट बैंकमा राखिएको मुभिलाइजेसन रकम फिर्ता गर्ने प्रक्रिया अघि बढाएको उनले बताए।

लोकमार्गको बागलुङ–घोडाबाँधेमा दुई खण्ड बनाएर निर्माण जिम्मा दिइएको थियो। जसअन्तर्गत अहिले कामदार भागेका तल्लो खण्डको १२ किलोमिटर सडक निर्माण जिम्मा सिद्धीसाई कन्ट्रक्सनले लिएको छ। माथिल्लो खण्डको निर्माण अवधि सकिए पनि तल्लो खण्डको अवधि माघ मसान्तसम्म छ।

सरकारले सुरुवातमा केही कडाइ गरे पनि खरिद ऐनको नवौ संशोधनमा अलपत्र परेका गौरवका आयोजनामा थप एक वर्ष सोही कम्पनीलाई काम गर्न दिने व्यवस्था भएपछि दुवै निर्माण कम्पनीलाई काम गर्न सहज वातावरण तयार भएको थियो। सिद्धीसाईका प्रमुख दीपेन्द्र शाहीले व्यवस्थापनमा केही समस्या भए पनि काम अघि बढाइने दाबी गरे।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.