जिप दुर्घटना हुँदा सात घाइते
मुगु : सोरु गाउँपालिकाको सोरुकोटबाट सोही गाँउपालिका-७ सिप आउँदै गरेको जिप दुर्घटना हुँदा सात जना घाइते भएका छन्। शुक्रबार दिउँसो सोरु गाँउपालिका-५ सोरुकोटबाट सोही गाउँपालिका-७ सिपगाउँतर्फ आउँदौ १ ज ३९५३ को जिपकुलाह भन्ने स्थानमा दुर्घटना भएको हो।
सडकबाट अन्दाजी ४५ मिटर तल खसेर दुर्घटना हुदा जिपमा सवार सातै जना घाइते भएको हुन्। घाइतेको जिल्ला अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी कार्यालयका नायव उपरिक्षेक भुवनेश्वरप्रसाद साहका अनुसार अन्य घाइतेमधये दुई जनाको अवस्था जटिल रहेको छ।
प्रतिक्रिया दिनुहोस !