छोटिँदै तानसेन-बुटवल सडक

छोटिँदै तानसेन-बुटवल सडक

तानसेन : तानसेन–बुटवलको दूरी ३९ किलोमिटर छ। सार्वजनिक यातायातमा यात्रा गर्दा २ घण्टा समय लाग्छ। अब यो दूरी छोटिने भएको छ। सिद्धार्थ राजमार्गको तानसेन बुटवल सडकखण्डमा घुमाउँरा मोड तथा घुम्ती धेरै हुँदा समय धेरै लागेको हो। सिद्धबाबा क्षेत्रमा सुरुङ मार्ग बन्ने निश्चित भएसँगै राजमार्गको अन्य क्षेत्रमा पनि सडक सुधारको काम सुरु भएको छ। तानसेन–बुटवल सडकखण्डको यात्रा गर्दा समय धेरै लागेको गुनासो बढेपछि सडक सुधारको काम थालिएको छ।

पहिलो चरणमा राजमार्गको तानसेन–बुटवल खण्डको गौडेपुलदेखि जोरधारसम्मका जोखिमयुक्त घुम्ती तथा मोडहरू सुधारको काम थालिएको छ। मोडका कारण बाटो लामो हुनुका साथै दुर्घटनाको जोखिम बढेपछि मोड सुधारका काम थालिएको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ। जोखिमयुक्त सडकको सर्भे गरि गौडे पुलदेखि जोरधारसम्मका घुम्ती तथा मोड कटानको काम सुरु गरेको हो।

‘यस वर्ष कम्तिमा पनि १० वटा घुम्ती कटान गर्छौं, यो बाटो छोटो र सहज बनाउन हामी जुटेका छौं,’ सडक डिभिजन कार्यालयका इन्जिनियर सौजन्य नेपालले भने। घुम्ती कटानपछि दूरी छोटिने छ। यात्रा पनि सुरक्षित हुने उनले दाबी गरे। डिभिजन सडक कार्यालयले आगामी वर्ष पनि घुम्ती कटानको काम गर्नेछ। बीचमा रहेका मोड कटानपछि यो सडक खण्डको दूरी ८ सयमिटर कम हुनेछ।

प्रदिप कन्ट्रक्सन रुपन्देहीले २०७७ जेठ मसान्तभित्र काम सक्नेगरि १ करोड ५ लाख ९१ हजार ६ सय २५ निर्माणको जिम्मा लिएको छ। निर्माण कम्पनीले घुम्ती, मोड कटानसँगै नाली निर्माण तथा कालोपत्रेसमेत गर्ने छ।

मोड सुधार तथा स–साना खोला नालामा बाटो नघुमाएर सिधा बनाए झण्डै ५ किलोमिटर दूरी छोटिने सडक डिभिजन कार्यालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.