अब हरेक वडामा नमुना युवा संसद

अब हरेक वडामा नमुना युवा संसद

काठमाडौं : सरकारले सञ्चालन गरेको युवा लक्षित कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यन्वयन गर्न तीन निकायबीच सहकार्य भएको छ। राष्ट्रिय युवा परिषद, नगरपालिका महासंघ र गाउँपालिका राष्ट्रिय महासंघबीच सहकार्यका सम्बन्धमा शुक्रबार समझदारी भएको हो।

सहकार्य अनुसार सरकारले स्वीकृत गरेको युवा लक्षित कार्यक्रमलाई स्थानीय स्तरमा प्रभावकारी रुपमा सञ्चालन गर्ने र नयाँ कार्यक्रम पहिचान गरि राष्ट्रिय स्तरम प्रवर्द्धन गरिनेछ। समझदारी पत्रमा युवा परिषदका कार्यकारी उपाध्यक्ष माधव ढुंगेल, नगरपालिका महासंघका अध्यक्ष अशोक ब्यान्जु (श्रेष्ठ) र गाउँपालिका महासंघका अध्यक्ष होम नारायण श्रेष्ठले हस्ताक्षर गरेका छन्।

सबै स्थानीय तहको वडा स्तरमा युवा क्लब तथा परिषद गठन गरि युवालाई स्वंयमसेवाको रुपमा प्रशिक्षित गर्ने, युवाको नेतृत्व क्षमता विकासका लागि अनुकुल वातावरण तयार गर्ने र नमुना युवा संसदको अभ्यासमा सहयोग र सहजीकरण गर्ने तथा स्थानीय आवश्यकता र मागको आधारमा युवालाई स्वंयमसेवकीय काममा परिचालन गर्ने, प्रदेश र संघीय तहमा सघन रुपमा युवा परिचालनका लागि अनुकुल वातावरण तयार गर्ने समझदारी भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.