अब शिक्षा सेवा पनि प्रशासन समूहभित्र

अब शिक्षा सेवा पनि प्रशासन समूहभित्र

काठमाडौं : शिक्षा सेवा अन्तर्गत रहेका कर्मचारीलाई प्रशासन सेवाभित्र गाभेर सञ्चालन गर्ने तयारी भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यही राय सहितको पत्र संसदको राज्य व्यवस्था तथा सुशासन समितिलाई लेखेको छ ।

मन्त्रीस्तरिय निर्णय अनुसार लेखिएको पत्रमा मुलुक संघीय संरचनामा गइएसकेपछि प्रदेश र स्थानीय स्तरमा अधिकांस कर्मचारीको पदमिलान र समायोजन भइसकेकोल शिक्षा सेवा राखिरहनुपर्ने औचित्य नभएको पत्रमा उल्लेख छ ।

मुलुक संघीय संरचनामा गएसंगै शिक्षाका अधिकांस कर्मचारी स्थानीय तहमा समायोजन भएर गइसकेका छन् । सहसचिव दीपक शर्माका अनुसार अहिले नेपाल शिक्षा समूह र सो अन्तर्गतका उप समूह अन्तर्गत ५ सय १५ दरवन्दी र १ सय १५ पुल दरवन्दी कायम छ ।

मन्त्रालयले लेखेको पत्र कार्यान्वयन भएमा अबदेखि शिक्षा सेवा नेपाल प्रशासन सेवा अन्तर्गत रहनेगरि शिक्षा उप समूहका नाममा नयाँ कर्मचारी भर्ना गरिनेछ । तर नयाँ कर्मचारी पदपूर्तिका लागि उपसचिव सम्मको तहको लागि अहिले जस्तो योग्यता आवश्यक पर्छ सोहीलाई कायम गरिने शर्माले बताए । 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.