टिपरबाट महिलाको मृत्यु भएपछि २६ वटा टिपरमा तोडफोड र आगजनी

टिपरबाट महिलाको मृत्यु भएपछि २६ वटा टिपरमा तोडफोड र आगजनी

गोरखा : गोरखामा टिपरले किचेर एक महिलाको मृत्यु भएपछि आक्रोसित स्थानीयले २६ वटा टिपर र स्काभेटरमा आगजनी गर्नुका साथै तोडफोड गरेका छन् ।

गोरखा नगरपालिका १० स्थित गोरखकाली क्रसर परिसरमा ग १ ख ८०२७ नम्बरको टिपरले किचेर गोरखा नगरपालिका १० अमलापानी बस्ने ५२ वर्षीया मनमाया तामाङको घटनास्थलमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार घरबाट छेपेटार बजारमा दुध बेच्न हिँडेकी तामाङलाई शुक्रबार बिहान पौने सात बजे क्रसरबाट निस्केको टिपरले किचेको थियो । तामाङको मृत्यु भएपछि सयौँजनाको आक्रोसित भीडले उक्त टिपरमा आगजनी गरेका छन् भने क्रसरभित्र रहेका २० वटा टिपर र ६ वटा स्काभेटर तोडफोड गरेका हुन् । क्रसरभित्र पचास भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।

आगजनी गरेको टिपर। तस्बिर : शिव उप्रेती

दुुर्घटनास्थल। तस्बिर : शिव उप्रेती


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.