एमसीसीमा सेनाको कुरै छैन : सञ्‍चारमन्त्री

एमसीसीमा सेनाको कुरै छैन : सञ्‍चारमन्त्री

इटहरी : सूचना तथा सञ्‍चारमन्त्री गोकुल बाँस्कोटाले एमसीसीको विषयमा भइरहेका टिकाटिप्पणी गलत भएको बताउँदै अध्ययन गरेर मात्र आलोचना गर्न आग्रह गरेका छन् । नेपाल टेलिभिजन इटहरी च्यानल उद्घाटन गर्न आएका बाँस्कोटाले पार्टी नेता तथा कार्यकर्तालाई सम्बोधन गर्दै एमसीसीमा सेनाको कुरै नरहेको स्पष्ट पारे।

उनले एमसीसीलाई लिएर अमेरिकाको आलोचना भइरहेकोमा आश्चर्य प्रकट गरे । उनले अमेरिका शक्तिशाली देश भएकोले वास्तविकता बुझेर मात्र टिप्पणी गर्न समेत चेतावनी दिए ।

उनले विश्व अब प्रविधिमा निर्भर रहेको बताउँदै अमेरिकालाई कुनै ठाउँमा सेना राख्न आवश्यक नै नरहेको जिकिर गरे ।

'अमेरिकालाई अब कुनै टापुमा सेना राखिरहन जरुरी छैन,' इराकी नेता सुलेमानीको हत्याको प्रसंग कोट्याउँदै उनले भने, 'नेपाल वा चीनमा हस्तक्षेप बढाउन एमसीसीलाई माध्यम बनायो भन्ने कुरा गलत हो ।'
 
उनले रमिते राजनीति नगर्नसमेत प्रतिपक्षीलाई आग्रह गरे ।

उनले देश बल्ल आर्थिक समृद्धितिर लागेको बताए । पहिले चार पाँचवटा पुल बन्ने गरेकोमा यो वर्ष २४७ वटा पुलको शिलान्यास भएको बताउँदै भने, 'धेरै विकासका काम सुरु भएका छन्, नतिजा आउन बाँकी छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.