श्रीमान् बचाइदिन श्रीमतीको अपिल

श्रीमान् बचाइदिन श्रीमतीको अपिल

भोजपुर : बुढेसकालको सहारा एकमात्र छोरा रोगले थला परेपछि वृद्ध दम्पती विचल्लीमा परेका छन्।चक्रबहादुर राई र टीका राईका छोरा सलबहादुर राई क्षयरोगले थला परेपछि उनीहरुको परिवार विचल्लमा परेको हो। 

सलबहादुरको कम्मरभन्दा मुनिको भाग चल्दैन।उपचार गर्न पैसा पनि छैन । जायजेथाको नाममा घरमा एक सिन्को छैन। सुन्दरहैँरचा नगरपालिका ६, खार्सिङ्नेचौक मोरङका ३१ वर्षीय सलबहादुरको परिवार यतिबेला विचल्लीमा परेको छ। 

३८ वर्षअघिदेखि उनको परिवार अर्काको अधियाँ र मेलापात गरेर गुजारा चलाउँदै आएको छ।घरमा ७४ वर्षीय वृद्ध बावु चक्रबहादुर,आमा टिका राई र साना बहिनीहरु छन्। आमा टिका दिनभरी अर्काको मेलापात गर्छिन् ।

ऋण लिएर ४ वर्षअघि सलबहादुर मलेसिया पसेका थिए । धन कमाउँला, वृद्ध आमाबावुलाई हेरौंला, श्रीमतीको सपना पूरा गरौँला भनेर विदेशिएका उनले सोचेजस्तो रोजगार पनि पाएनन्।

मलेसियामा बंगुर फार्ममा काम गरे । सोचेजति तलब पनि थिएन । ३ वर्षसम्म जेनतेन गर्दै काम गरे । तर एक वर्षअघि सामान्य ज्वरोबाट थलिएका उनलाई क्षयरोगको लक्षण देखियो । कम्पनीले एक वर्षको तलब नै नदिई गत माघ ३ गते घर फर्काइदियो । मिठा सपना बोकेर विदेशिएका उनको रोग र खाली हात फर्कनुबाहेक केही विकल्प रहेन।

घर फर्के पनि उपचार गराउने खर्च भने थिएन । रोगले झनझन थलिएपछि उनी विराटनगरस्थित नोबेल हस्पिटल पुगे । भएको जायजेथा बेचेर, आफन्तजन र छिमेकीसँग लिएको ऋणले उपचार गर्न पुगेन।

खर्च नपुगेपछि उपचार गराउन सकेनन् । उल्टै समस्या झन गम्भीर हुँदैगयो। उनको कम्मरदेखि मुनिको कुनै अंग प्यारालाइसिस जस्तै भएको छ । खुट्टा, गोडा चल्दैनन्, थाहै नै पाउँदैनन्।खर्च नभएपछि उनलाई घर ल्याइयो । अहिले घरमा बिहान बेलुकीको छाक टार्नै अप्ठ्यारो भएको छ। छोराको उपचारका लागि ऋणको खोजिमा वृद्ध दम्पती लागिपरेको छ।

'खै कस्तो दिन आयो, यो गरिबको घरमा। कमाउला, केही गर्ला, बुढेसकालमा सुखले राख्ला भन्ने आशा गरेको छोरोलाई नै स्याहार्नु परेको छ,' चक्रबहादुरले भने, 'जताततै ऋण छ, कसले पत्याउँछ अब, केही गर्ने आशा छोरोमाथि थियो, अब त कस्ले तिर्छ ऋण देला।'

मिठो सपना बोकेर विदेशिएका पतीको बेहालतले टिकालाई झन् पीडा थपिएको छ । एकातिर गरिबी अर्कोतिर घरमुली नै थला परेपछि उनलाई साँझ-बिहानै एकछिन आराम छैन । 'बिहान हुने वित्तिक्कै छाक टार्नै गाह्रो छ, बिरामी श्रीमान कसरी स्याहार गरुँ।'

'कर्मले ठगेपछि सहनुको विकल्प हुदोरहेनछ, श्रीमानको उपचार खर्च कसरी जुटाउने भन्ने चिन्ताले  झनै पिरोरहन्छ,' भावुक मुद्रामा टिकाले भनिन्, ' कसैले सहयोग गरिदिए श्रीमानको ज्यान बाँच्थ्यो कि भन्ने आश छ।सानै सहयोग भएपनि गरिदिनुहोला।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.