एमसीसी कार्यदलले सकेन काम : ‘सुझावको औचित्यमाथि प्रश्न’

एमसीसी कार्यदलले सकेन काम : ‘सुझावको औचित्यमाथि प्रश्न’

काठमाडौं : सत्तासीन नेकपाले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) को अध्ययन गरी सुझाव दिन गठित कार्यदलले थप १० दिन समय मागेको छ। अमेरिकाले एमसीसीमा केही पनि तलमाथि नहुने स्पष्ट गरिसकेकाले नेकपा नेतृत्व भने कार्यदललाई थप समय दिने/नदिने भन्ने दुविधामा छ।

गत माघ २२ गते सम्पन्न नेकपाको केन्द्रीय कमिटी बैठकमा एमसीसीलाई संसदबाट अनुमोदन गर्न नहुने पक्षमा बहुमत सदस्य देखिएपछि वरिष्ठ नेता झलनाथ खनालको संयोजकत्वमा तीन सदस्यीय कार्यदल बनेको थियो।

फागुन २९ सम्म १० दिनको समय पाएको कार्यदलमा स्थायी समिति सदस्य भीम रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्य तोकिएका थिए। यसबीचमा कार्यदलका २ वटा बैठक बसे पनि प्रतिवेदन तयार पार्न सकेको छैन।

‘हाम्रो काम सकिएको छैन। १० दिनको समय अरू दिनुपर्‍यो भनेर पार्टीका दुवै अध्यक्षसँग आग्रह गरेका छौं,’ कार्यदलका संयोजक खनालले अन्नपूर्णसँग भने,‘ प्रतिवेदन लेखन भइरहेको छ।’

नेपाल भ्रमण गरेका एमसीसी युरोप, प्यासिफिक तथा ल्याटिन अमेरिका मामिलासम्बन्धी सहायक उपाध्यक्ष जोनाथन ब्रुक्सले एमसीसी कार्यान्वयन चरणमा रहेकाले केही पनि तलमाथि नहुने स्पष्ट गरेका थिए। प्रधानमन्त्री केपी ओलीदेखि कार्यदल संयोजक खनालसमेतलाई भेट गरेका ब्रुक्सले एमसीसीमा कुनै पनि परिवर्तन अमेरिकालाई मान्य नहुने स्पष्ट गरिसकेका छन्। त्यसअघि एमसीसी सम्वद्ध पदाधिकारीले पनि नेपालले चाहँदैमा मात्र एमसीसीमा कुनै परिवर्तन नहुने भन्दै ‘या त स्वीकार गर्नुपर्ने या त अस्वीकार गर्न’ सरकार र सत्तासीन नेकपाका नेताहरूलाई स्पष्ट गरिसकेको नेताहरू बताउँछन्। ‘एमसीसी स्वीकार गर्ने या नगर्ने नेपालको हातमा छ। यसमा केही पनि तलमाथि हुँदैन भनेर उहाँहरूले स्पष्ट गरिसक्नुभएको छ,’ सत्तासीन नेकपाका एक नेताले भने, ‘यस्तोमा हाम्रो कार्यदल भने अप्ठ्यारोमा पर्ने देखिन्छ। कार्यदलको सुझाव पनि अलपत्र पर्ला जस्तो छ।’

कार्यदलका संयोजक खनालले भने एमसीसी के हो भन्ने विषयमा कार्यदलले स्पष्ट सुझाव दिने बताए। ‘अरूले के भनिरहेका छन्, त्यसबाट कार्यदल प्रभावित हुँदैन,’ खनालले भने, ‘यथार्थ कुरा बाहिर ल्याउँछौं।’

नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली एमसीसी छिटोभन्दा छिटो संसद्बाट अनुमोदनका पक्षमा छन्। अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सुरुमा एमसीसीको विपक्षमा देखिए पनि पछिल्ला दिनमा नरम धारणा राख्दै आएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.