कार्यालय रित्याएर जनप्रतिनिधि भ्रमणमा

कार्यालय रित्याएर जनप्रतिनिधि भ्रमणमा

भोजपुर : भोजपुर नगरपालिका–९ का देवेन्द्र राउत रकम निकासाका लागि बिहान १० बजे कागजपत्र बोकेर नगरपालिकाको कार्यालय पुगे। तर त्यहाँ न कुनै जनप्रतिनिधि थिए न प्रशासकीय अधिकृत नै। कोही नभेटेपछि उनी फर्किए।

‘रकम निकासा गर्न कागजपत्र लिएर नगरपालिका आएँ, कोहि भेटिएनन्। खाली कुर्सी र कार्यकक्ष मात्रै,’ उनले भने, ‘प्राविधिकले मेयर र प्रशासकीय अधिकृत सर आएपछि हस्ताक्षर गराउनुपर्ने भनेर फर्काइदिए।’ अधुरो काम लिएर घर फर्किने देवेन्द्र जस्ता सेवाग्राहीहरू नगरपालिकामा जनप्रतिनिधि र कर्मचारी नहुँदा सेवाबाट वञ्चित भएका छन्।

गत माघ २५ गते नगरका जनप्रतिनिधि तथा कर्मचारीहरू नगरपालिकाको कार्यालयनै ठप्प पारेर सुदूरपश्चिम नेपाल भ्रमणमा हिँडेपछि सेवा प्रभावित बनेको हो। दैनिकजसो सयौंको संख्यामा आउने सेवाग्राहीहरू रित्तो हात घर फर्कन बाध्य छन्। भोजपुर नगरपालिकाका प्रमुख व्यक्तिहरू नै कार्यालयमा नभेटिनाले सेवाग्राही मारमा परेको स्थानीय ऋषिधन राईले बताए।

उनले भने, ‘सेवा प्रवाह हुने कार्यालयमै जनप्रतिनिधि र कर्मचारी नभेटिनुले जनताको दैनिक कामकाज प्रभावित बनेको छ। सेवा नै ठप्प पारेर भ्रमणमा निस्कनु जनप्रतिनिधि र कर्मचारीको गैरजिम्मेवारीपन हो।’ नगरपालिकाका मेयर कैलाशकुमार आले, उपमेयर मेरिका राई, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, लेखा प्रमुख सुरेन्द्रकुमार श्रेष्ठ, वडाका अध्यक्षहरू, प्राविधिक कर्मचारीलगायत १७ जनाको टोली भ्रमणमा निस्किएका हुन्।

कुनै औपचारिक निर्णयसमेत नगरी भ्रमणमा निस्किएको नगरपालिकाका इन्जिनियर अरुण हमालले बताए। ‘भ्रमणका विषयमा खुलाइएको छैन,’ उनले भने। भ्रमणको उद्देश्यको विषयमा आफूहरूलाई केही थाहा नभएको उनले बताए। हमाललाई मौखिक रूपमा कार्यालयको निमित्त प्रशासकीय अधिकृतको जिम्मेवारी दिइए पनि लिखित रूपमा नआउँदा आफूले काम गर्न नसकेको उनले सुनाए।

कार्यालयका अधिकांश शाखा कर्मचारीविहीन छन्। नगरपालिकामा अहिले तल्लो तहका केही इन्जिनियर र प्राविधिक कर्मचारी मात्र छन्। कार्यालयमा सम्झौताको काम भइरहे पनि आर्थिक कारोबार भने ठप्प छ। जसकारण आर्थिक कारोबार ठप्प रहेको हमालले बताए।

जनप्रतिनिधि, प्रशासकीय अधिकृत बाहिर भएको विषयमा सामाजिक सञ्जालबाट थाहा पाएको कर्मचारीहरूले बताए। टोलीको कति दिने भ्रमण हो भन्नेसमेत थाहा नभएको एक कर्मचारीले बताए। वडा नम्बर ६ का वडाध्यक्ष शैलेन्द्र कार्कीले नगर कार्यपालिकाको बैठकमा भ्रमणको विषयमा कुनै पनि निर्णय नभएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.