उपकुलपतिविहीन विश्वविद्यालय खुल्दै

उपकुलपतिविहीन विश्वविद्यालय खुल्दै

काठमाडौं : मुलुकमा पहिलोपटक उपकुलपति नरहने व्यवस्था सहितको विश्वविद्यालय स्थापना हुने भएको छ । विश्वविद्यालय स्थापनाको लागि सरकारले ऐनको मस्यौदा संघीय संसदमा पेश गरिसकेको छ ।

उपकुलपति नरहने गरी 'मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालय' खुल्न लागेको हो । यो विश्वविद्यालय हाल सञ्चालनमा रहेकाभन्दा भिन्न संरचनाबाट सञ्चालन हुनेछ । यहाँ उपकुलपतिको सट्टा अध्यक्ष रहनेछ । हाल सञ्चालनमा रहेको विश्वविद्यालय सभाजस्तो संरचना यो विश्वविद्यालयमा हुँदैन । सभाको काम विश्वविद्यालयको संरक्षक समितिले गर्नेछ । शिक्षा मन्त्री गिरीराजमणि पोखरेलका अनुसार यो विश्वविद्यालयले सम्बन्धन दिन पाउनेछैन । 

‘यो सार्वजनिक विश्वविद्यालय हो । तर यसमा लगानी र उपलब्धि विश्वविद्यालयको क्षमताम भरपर्छ’, पोखरेलले भने, ‘यहाँ स्थायी प्राध्यापक रहँदैनन् । योग्य प्राध्यापकलाई नियुक्ति दिइनेछ । स्वदेशभित्र उपलब्ध नभए विदेशबाट पनि ल्याइन्छ ।’

विज्ञान तथा प्रविधिको क्षेत्रमा आवश्यक पर्ने उच्चतम जनशक्ति उत्पादन गर्ने, नविन खोज गर्ने उद्देश्य विश्वविद्यालयको छ । तर विज्ञान तथा प्रविधि विश्वविद्यालय भनिए पनि यहाँ कानुन तथा न्याय, व्यवस्थापन, सामाजिक शास्त्र लगायतका सङ्कायको पनि पढाइ हुनेछ । दुई वर्षभित्रमा पढाइ सञ्चालन गर्ने गरी विश्वविद्यालय स्थापना प्रक्रिया सुरु गर्ने लक्ष्य रहेको विश्वविद्यालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.