विप्लव समूहका गोरखा सेक्रेटरीसहित दुई पक्राउ

विप्लव समूहका गोरखा सेक्रेटरीसहित दुई पक्राउ

गोरखा : नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका गोरखा जिल्ला सेक्रेटरीसहित दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका ५ स्थायी घर भइ केही समयदेखि ंगोरखामा सो समूहका जिल्ला सेक्रेटरीको जिम्मेवारी सम्हालिरहेका लोकबहादुर वली ‘दिनेश’ र गण्डकी गाउँपालिका ४ ढावे स्थायी घर भइ सो समूहका जिल्ला सदस्य तथा गण्डकी गाउँपालिका इञ्चार्जको जिम्मेवारी सम्हालेका कृष्ण पन्तलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक ओम अधिकारीले जानकारी दिए ।

सहिद लखन गाउँपालिका ६ घैरुङमा जनयुद्ध दिवस मनाएर फर्कँदै गरेको अवस्थामा शुक्रबार पृथ्वीराजमार्गको मुग्लिन आसपासबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

लामो समयदेखि खोजीको सूचीमा रहेका उनीहरुलाई लुकिछिपी रहेको अवस्थामा पक्राउ गरिएको एसपी अधिकारीले बताए । उनीहरुको साथबाट सो समूहको राजनीतिक प्रतिवेदन, पार्टीको झण्डा, चन्दा रसिद प्याड, संकलित चन्दा नगद ३२ हजार, मोबाइल तीन थान र सिम कार्डहरु बरामद गरी अनुसन्धान भइरहेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.