व्यवसायिक कृषिमा महिला आकर्षित

व्यवसायिक कृषिमा महिला आकर्षित

भोजपुर : ६ वर्ष अघिसम्म पौवादुङमा गाउँपालिका-४, बास्तिमकी अनिता प्रधानलाई गरिबीले थलापारेको थियो। ५ जनाको परिवारलाई छाक टार्नै धौधौ हुन्थ्यो। उनी दिनभर मेलापात, मजदुरी गर्थिन्। उनका श्रीमान् निरबहादुर गाउँगाउँमा भाँडा बेच्दै हिँड्थे। मजदुरीको ज्याला र भाँडा बेचेको पैसाले गर्जो टार्नै समस्या हुन्थ्यो। तर व्यावसायिक कृषिमा लागेपछि उनको दैनिक एकाएक फेरियो।

सीपमूलक व्यावसायिक कृषि तालिमले अनिताको कृषि र पशुपालनमा इच्छाशक्ति बढायो। श्रीमान्सँग मिलेर केही रोपनी जग्गामा खुर्सानी र कुखुरापालन सुरु गरे। व्यावसायिक खुर्सानीखेती र लेयर्स खुकुरापालन गरेर अहिले उनले गाउँमै लाखौं आम्दानी गरिरहेकी छन्। पेसाप्रति मोह मात्र नभएर उनलाई उदाहरणीय महिला कृषक पात्र पनि उभ्याएको छ। ‘इच्छाशक्तिले खेती गर्न सिकायो, व्यावसायिक बनेपछि राम्रो घरगर्जो चलेको छ’, उनले भनिन्, ‘कुनैबेला भरैको छाक कसरी टार्ने हुन्थ्यो, अहिले यसैले घरघडेरी जोडेको छु’ अनिताले खुर्सानी र कुखुराबाटै वार्षिक ६ लाखसम्म आम्दानी गर्छिन्।

यस्तै भोजपुर नगरपालिका टक्सार पैंयापानीकी रीता सुवेदी १० अघि परिवारबाट एक्लिइन्। श्रीमान्ले दोस्रो विवाह गरेपछि छोरा लिएर बाबुआमासँग बसेर कृषि सुरु गरिन्। श्रीमान र दाजुबाट टाढिएकी रीताले माइतमै बसेर सुरु गरेको व्यावसायिक टमाटरखेतीले उनको जिवन एकाएक फेरिदियो। घरगर्जो, दुधे छोरा र रोगी वृद्ध बाबुको उपचार खर्च गर्न टमाटर र तरकारीखेती अन्तिम विकल्प थियो। नभन्दै यसले राम्रो आम्दानी दिन थालेपछि उनको समस्या विस्तारै टर्न थाल्यो।

टमाटर र तरकारीखेतीले नयाँ मोड लिएको सुनाउँदै उनले भनिन्, ‘वृद्ध आमाबुबा र छोरा पाल्न सजिलो थिएन, सहयोग गर्ने पनि कोही थिएनन् तर यही टमाटर र तरकारीखेती नै मेरो परिवार धान्ने आधार बन्यो।’ वार्षिक ३ लाखसम्म आम्दानी गर्ने रिताले मागअनुसार सदरमुकामलगायत अन्य बजारमा ढुवानी गर्छिन्।

समाजमा महिलालाई हेर्ने र गर्ने दृष्टिकोण पुरुष सरह छैन। पुरुषले गर्ने मेहनत र काम दाँजोमा महिलालाई कमै प्राथमिकता दिइए पनि भोजपुरका ग्रामीण महिला भने कृषिमा पौरख गरेर सफल उद्यम बन्न थालेका छन्। सीप सिकेर गाउँमै व्यावसायिक बन्ने महिला कृषकको मोह बढेको छ। विभिन्न समयमा कृषक क्षमता अभिवृद्धि र सोही अनुरुपको सीपमूलक तालिमले व्यावसायिक कृषिप्रति उत्प्रेरणा थपेको भोजपुर टक्सारकी माया राई सुनाउँछिन्। बढ्दो इच्छाशक्तिले कृषिप्रतिको आकर्षण बढेको उनले सुनाइन्। भनिन्, ‘निरन्तरको लगाव र मेहनतले कृषिप्रति आत्मनिर्भर बनाउन सिकायो।’

कृषि ज्ञान केन्द्र र स्थानीय तहले नयाँ योजना र सिँचाइको पर्याप्त सुविधा पुग्न सकेमा महिलालाई कृषिप्रति मोह बढाउन सक्ने हतुवागढी गाउँपालिका खैराङकी सुनसरी राईको भनाइ छ। ‘कृषिमा उत्प्रेरित गराउन नयाँ योजना, सीपमूलक तालिम, क्षमता अभिवृद्धि गर्ने कार्यक्रम ल्याए अझै अन्य महिला दिदीबहिनी पनि कृषि पेसाप्रति अभिप्रेरित हुने थिए।’

वर्षौंदेखि कृषिमा निरन्तर लागेका महिला व्यावसायिक कृषि र पशुपालनबाट मनग्गे आम्दानी गरिरहेका छन्। ९ वटै स्थानीय तहमा कृषि तथा पशुपालनसम्बन्धी तालिम र कार्यक्रम हुँदै आएका छन्। सीपमूलक तालिम र कार्यक्रमका साथै कृषिखेती तथा उन्नत जातका बीउबिजनमा अनुदानको व्यवस्था भइदिए कृषिस्तर उकास्नमा सहयोग पुग्ने किसान बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.