विप्लवको बन्दले पढाइमा अवरोध

विप्लवको बन्दले पढाइमा अवरोध

काठमाडौं : नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आह्वान गरेको शैक्षिक हड्तालका कारण बुधबार मुलुकभरका सम्पूर्ण शैक्षिक संस्थाको पढाइ ठप्प भएको छ ।

बन्द हड्तालबाट केही समयदेखि मुक्ति पाएका विद्यालय सञ्चालक, विद्यार्थी तथा अभिभावकले बुधबारको बन्दबाट सास्ती पाएका छन् । स्कुल तथा कलेजमा पढिरहेका ८० लाख विद्यार्थी हड्तालबाट प्रभावित भएका छन् । शैक्षिक सत्रको अन्तिम भएकाले विद्यार्थी वार्षिक परीक्षाको तयारीमा जुटेका छन् । संगठनका केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल र कोषाध्यक्ष नरेन्द्र विक तथा अन्य कार्यकर्तालाई विभिन्न जिल्लाबाट प्रहरीले पक्राउ गरेको विरोधमा शैक्षिक हड्ताल गरिएको क्रान्तिकारीले जनाएको छ ।

ग्रामीण भेगका विद्यालयमा पढाइ भए पनि सहरी क्षेत्रमा भने पूर्णरूपमा पढाइ अवरुद्ध भएको छ । क्रान्तिकारीले शैक्षिक हड्ताल भन्दै मंगलबार विज्ञप्ति सार्वजनिक गरेकै भरमा विद्यालय बन्द भएका हुन् । विगतमा सरकारको विरोध गर्नुपर्‍यो भने नेपाल बन्दको कार्यक्रम गर्दै आएका संगठनले प्रभाव बजारमा देखाउन नसकेपछि बन्द निस्प्रभावी बन्ने गरेको थियो । तर बन्दको अवज्ञा गर्दै स्कुल तथा कलेज खोलेमा जुनसुकै बेला पनि आक्रमणको निशानामा गर्न सकिने भएका कारण पढाइ बन्द भएको हो ।

बन्दलाई प्रभावकारी बनाउन सजिलो माध्यम भएकाले पछिल्लो समय आन्दोलनकारीले शैक्षिक हड्ताललाई आन्दोलनको मुख्य अस्त्र बनाउने गरेका छन् । बुधबार अधिकांश शैक्षिक संस्थाले फेसबुक पेजमा प्राविधिक समस्याका कारण पठनपाठन बन्द गरिएको सूचना अभिभावक तथा विद्यार्थीलाई दिएका थिए । कतिपय स्कुल तथा कलेजले फोन र सन्देशमार्फत पनि बुधबार पढाइ नहुने जानकारी गराएका थिए । केही विद्यालयमा कक्षा ११ र १२ को प्रिबोर्ड परीक्षा सञ्चालन भइरहे पनि बन्दका कारण रोकिएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसनका अध्यक्ष ऋतुराज सापकोटाले भने, ‘हरेक पार्टी तथा संगठनले रिस पोख्नुपर्‍यो भने यही निुमखा नानीबाबुमाथि आक्रमण गर्छन् । बालबालिकाको पक्षमा बोलिदिने कोही भएन ।’ संविधानको धारा ३१ मा शिक्षालाई नागरिकको मौलिक हकको रूपमा समावेश गरेको छ ।

तर, पटक पटक संविधानले नै दिएको अधिकार हनन् हुँदा पनि राज्य गम्भीर नबनेको भन्दै सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । नेपाल बार एसोसिएसनको मानवअधिकार तथा जनसरोकार समितिले संविधानमै व्यवस्था भएको अधिकारको सम्मान गर्न आन्दोलनरत सबैलाई अनुरोध गरेको छ । समितिका अध्यक्ष सुनिल पोखरेलले जारी गरेको विज्ञप्तिमा शैक्षिक क्षेत्रलाई शान्ति क्षेत्र मानी आगामी दिनमा कुनै पनि प्रकारको बन्द हड्ताल नगर्न अनुरोध गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.