मुसलमान बस्तीमा कतारको सहयोग

मुसलमान बस्तीमा कतारको सहयोग

गोरखा : खाडी मुलुक कतारले गोरखाका मुसलमान बस्तीका बिभिन्न योजनामा आर्थिक सहयोग गरेको छ। गोरखा नगरपालिका, संयुक्त राष्ट्रसंघिय विकास नियोग (यूएनडीपी)को साझेदारीमा शिक्षा, स्वास्थ्य, खानेपानी र सिँचाइका नौ योजनामा कतार रेडक्रिसेन्टले लगानी गरेको हो।

सामुदायिक संरचना तथा जीविकोपार्जन पुनःस्थापना कार्यक्रम (सीआइएलआरपी)का लागि कतारले करिब एक करोड ७२ लाख ५० हजार रुपैयाँ लगानी गरेको छ। यूएनडीपीले ३० हजार अमेरिकी डलर र गोरखा नगरपालिकाले एक लाख ५५ हजार डलरको साझेदारी गरेका कार्यालयले जनाएको छ। ‘गोरखा नगरपालिका र युएनडीपीसँगको संयुक्त लगानीमा नगरको २, ४ र ६ को मुस्लिम बस्तीमा बिभिन्न योजना निर्माण भएका छन्’, परियोजना जिल्ला संयोजक अमित बिष्टले भने।

गोरखा नगरपालिका-२ ताप्लेमा सहरी स्वास्थ्य केन्द्रको भवन निर्माण र उपकरण सहयोग प्राप्त भएको उनले बताए। यसका लागि नगरपालिकाले ३८ लाख, कतार रेडक्रिसेन्टले र यूएनडीपीको ४४ लाख ८४ हजार र जन श्रमदान सात लाखसहित ९१ लाख लगानी भएको बिष्टले जानकारी दिए। त्यस्तै गोरखा नगर-४ मा ४६ लाख ९२ हजार लागतमा मदरसा निर्माण गरिएको छ। मदरसाका लागि कतारबाट १६ लाख ७२ हजार र गोरखा नगरपालिकाबाट १६ लाख ७२ हजार बजेट प्राप्त भएको हो।

यसका लागि छ लाख २५ हजार रूपैयाँ बराबरको श्रमदान गरिएको योजना कार्यालयले जनाएको छ। मदरसामा छ वटा शौचालय, शयन कक्ष, खानेपानी धारा लगायतका संरचना निर्माण गरिएको छ। त्यस्तै गोरखा नगर-२ ताप्लेमा शिखर-गँगटे सिँचाइ योजना सम्पन्न भएको छ। कतार र गोरखा नगरको पाँच-पाँच लाख र ९० हजार बराबरको श्रमदानमा सो योजना सम्पन्न भएको हो। खाल्टे खोल्याङ गैरेगिँदेरी सिँचाइ योजना पनि दुवै निकायको पाँच÷पाँचलाख रूपैयाँको लागतमा निर्माण भएको हो।

त्यसैगरी ८८ लाख ४० हजार रूपैयाँ लागतमा जुडीखोला-आहाले खानेपानी आयोजना सम्पन्न भएको छ। जसमा कतार र यूएनडीपीको २६ लाख ६९ हजार र नगरपालिकाको ५३ लाख लगानी भएको छ। स्थानीयले आठलाख रूपैयाँ बराबरको श्रमदान गरेका छन्। डेरागाउँ खानेपानी आयोजनामा ४४ लाख ८१ हजार, सार्वजनिक शौचालय निर्माणमा ८ लाख ९३ हजार र गोरखा अस्पतालको फोहोर व्यवस्थापन गृह निर्माणमा ३० लाख लगानी भएको बताइएको छ।

कतार रेडक्रिसेन्टले गोरखा नगरपालिका-६ मा रहेको गोरखा अस्पतालमा फोहर व्यवस्थापन भवन निर्माण गरेको छ। कतारबाट प्राप्त १० लाख र नगरपालिकाको लाख २० लागतमा सो भवन निर्माण भएको हो। निर्माण भएका संरचनाको हालै नेपालका लागि कतारी राजदूत युसुव विन मोहम्मद र गोरखा नगरका मेयर राजनराज पन्तले संयुक्त उद्घाटन गरे। राजदूत मोहम्मदले सहयोग कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता जनाए। ‘यहाँका युवाले हाम्रो देशमा पसिना बगाएको गुन अब हामी तिर्न चाहान्छौ’, उनले भने ‘नेपालको विकासमा सहकार्य गर्न कतार तयार छ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.