गोरखामा जीप दुर्घटना : वडा सचिवको मृत्यु, ७ घाइते
गोरखा : गोरखाको आरुघाट गाउँपालिका-१ धोर्चेतमा जीप दुर्घटना हुँदा वडा सचिवको मृत्यू भएको छ । बा १ च ५५०५ नम्बरको बोलेरो जीप बुधबार राति साँढे आठ बजे सडकबाट दुईसय फिट तल खस्दा धार्चे गाउँपालिका- ६ का वडा सचिव किरण रिमालको घटनास्थलमै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष सन्तोष गुरुङले जानकारी दिए ।
रिमाल लमजुङको मस्र्याङ्दी गउँपालिका- ६ का हुन् । दुर्घटनामा गाउँपालिकाकी उपप्रमुख फूलमाया गुरुङसहित ६ जना घाइते भएका छन् । जीप चालक बालचन्द्र गुरुङ, निशा गुरुङ, धनबहादुर गुरुङ, केयरसिंङ गुरुङ, सुरज नेपाल र सर्मिला गुरुङ घाइते भएको इलाका प्रहरी कार्यालय आरुघाटले जनाएको छ । घाइतेमध्ये बालचन्द्र गुरुङको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।
उनीहरुको स्थानीय मान्वु स्वास्थ्य चौकीमा सामान्य उपचार भएको छ । थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लाने तयारी भएको गाउँपालिकाका अध्यक्ष गुरुङले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस !