कोरोना प्रभाव : पोखरामा 'आइसोलेसन वार्ड'

कोरोना प्रभाव :  पोखरामा 'आइसोलेसन वार्ड'

पोखरा : पर्यटकीय शहर पोखरामा गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले कोरोना भाइरस संक्रमण रोक्न र सावधानी अपनाउन तयारी गरिरहेको छ। कोरोना भइरसको संक्रमितलाई उपचार गर्न पोखराका बिभिन्न अस्पतालमा गरि ६० शैयाको आइसोलेसन वार्ड तयारी गरिएको छ।

संक्रमणको आशंका गरिएकाहरुलाई डाक्टरको प्रत्यक्ष निगरानीमा राख्न क्वारेन्टाइनको खोजी भइरहेको पोखरा महानगरपालिकाले बुधवार आयोजना गरेको सरोकार वालाहरुसंगको अन्तरक्रिया कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा विनोद विन्दु शर्माले बताए। शंकास्पद बिरामीलाई आइसोलेसन वार्डमा राखेर उपचार गर्न चरक मेमोरियल नागढुंगामा २७, मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत क्षेत्रीय अस्पतालमा ३ वार्ड तयार भएको उनले जानकारी दिए।

संक्रमणको आशंका गरिएका र भाइरसको संक्रमितलाई उपचार गर्ने चिकित्सक, नर्स, ल्याबका चिकित्सक, कर्मचारी, एम्बुलेन्स चालकलाई विशेष प्रकारको तालीम दिइने डा शर्माले जानकारी दिए। २०१९ को डिसेम्बरको अन्तिम साता देखि चिनको हुवेई शहरबाट फैलिएको कोरोना भाइरस जापान, दक्षिण कोरिया, इरान, भारत लगायतका एशियाली देशमा समेत तीब्रगतिमा फैलिएका छ।

उपचार गर्दा लगाइने सुरक्षा सामाग्री अभाव

कोरोना संक्रमितलाई उपचार गर्दा, संक्रमणको आशंका गरिएकाहरुलाई डाक्टरको निगरानीमा राखिएकाहररुको उपचार गर्ने डक्टर, नर्स, विरामीको नमूना संकलन गर्ने चिकित्सक, ल्याबमा काम गर्ने प्राविधिक, कर्मचारी, एम्बुलेन्स चलाउँने चालक, सरसफाईमा खटिने कर्मचारीले लगाउँने सुरक्षा सामाग्री नै पर्याप्त नभएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा शर्माले बताए।

कोरोना संक्रमितलाई उपचार गर्दा, संक्रमणको आशंका गरिएकाहरुलाई डाक्टरको निगरानीमा राखिएकाहररुको उपचार गर्ने डक्टर, नर्स लगायत काममा खटीने टोलीले लगाउने सुरक्षित पोषाक, हेलमेट, पञ्जा, मास्क लगायतका सामग्री खरिद गर्न प्रक्रिया अघि बढाए पनि नपाइएको पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले बताए। पैसा भएर पनि आवश्यक सामाग्री नपाईएको उनले सुनाए। खोजी भइरहेको र छिट्टै पाइने उनले विश्वास गरे।

पर्यटकीय शहर भएकोले पोखरामा संक्रमण हुनु अघि नै सतर्कता अपनाइएको उनले बताए। संक्रमण भइहालेमा यसलाई नियन्त्रण र विरामीको उपचार कसरी गर्ने तयारी भइरहेको उनले सुनाए। आपत विपतको बेलामा सेवामा खटिने गरि तयारी अवस्थामा रहन सहभागी चिकित्सक, नर्स, ल्याब लगायत सबै स्वस्थ्यकर्मीलाई उनले अनुरोध गरे।

कोरोना संक्रमण रोक्न तथा सावधानी अपनाउन गण्डकी प्रलेश सरकारले टास्क फोर्स गठन यस अघि नै गरेको थियो। सामाजिक विकास मन्त्रालय अन्तर्गत प्रदेश स्वास्थ्य निर्देशकको संयोजकत्वमा गठीत टास्क फोर्सले कोरोना सतर्कता अपनाउने काम गरिरहेको छ।

गण्डकीमा सरुवा रोग उपचार अस्पतालको प्रस्ताव

विश्वव्यापी सन्त्रास फैलिएका बेला गण्डकी प्रदेश सरकारले कोरोना भाइरस रोकथामको तयारी गरेको छ। सँगसँगै यही छेकोमा उसले सरुवा रोग उपचार अस्पताल निर्माण गर्ने योजना पनि अघि सारेको छ।

गण्डकीको प्रदेश स्वास्थ्य निर्देशनालयले सरुवा रोग उपचार अस्पतालको प्रस्ताव बुधबार सामाजिक विकास मन्त्रालयमा पेस गरेको छ। यसअघि मंगलबार यसबारे निर्देशनालयले मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र सामाजिक विकासमन्त्री नरदेवी पुनसँग अस्पतालको आवश्यकताबारे छलफल गरेको थियो। मन्त्रालयको प्रस्तावपछि मन्त्रिपरिषद्ले निर्णय गर्नेछ। ‘अहिले कोरोना आयो भनेर मात्र होइन, यसअघि आएको डेंगुले नै सरुवा रोग उपचार गर्ने अस्पताल चाहिन्छ भन्ने आवश्यकता देखिएको थियो,’ प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले भने, ‘अहिले कोरोना नआएको भए पनि हामी आउँदो गर्मी मौसम ख्याल गरेर डेंगुको बारेमा छलफलमा हुन्थ्यौं, डेंगुको तयारी पनि गर्नु पर्छ।’

मन्त्रालयको अस्पताल विकास तथा चिकित्सा सेवा महाशाखा प्रमुख डा. रामबहादुर थापाका अनुसार कोरोना आइसकेपछि झन् सरुवा रोग उपचार गर्ने अस्पतालको खाँचो महसुस भएको छ। उनले कोरोना आशंकित बिरामीको उपचार गर्न केही अस्पतालमा सयभन्दा बढी आइसोलेसन बेड तयार पारिएको जानकारी दिए। ‘सरुवा रोग उपचार अस्पतालका लागि सैद्धान्तिक र नीतिगत सहमति छ, अब संरचना नै बनाउन भने जग्गा खोजी हुन्छ,’ उनले भने।

सरुवा रोगका बिरामीलाई एकै ठाउँमा सबै सुविधा हुने गरी उपचार गर्नुपर्ने स्वास्थ्य निर्देशक डा. शर्मा बताउँछन्। ‘सिटी स्क्यान वा एमआरआई गर्न अर्काे अस्पताल लैजानुपर्‍यो भने अरूलाई पनि सर्न सक्छ,’ उनले भने, ‘एउटै अस्पतालमा त्यस्तै सुविधा चाहिन्छ।’ संघीय स्वास्थ्य मन्त्रालयसँग अनुरोध गरेपछि मन्त्रालयको व्यवस्थापन विभागले एउटा प्रारम्भिक खाका तयार गरिदिएको जानकारी उनले दिए। ‘यो वर्ष प्रदेश सरकारले निर्णय गरेर डीपीआर तयार भयो भने अर्काे वर्ष निर्माणमा जान सक्छौं’, उनले भने, ‘डेंगु, सार्स जस्तो सरुवा रोगका लागि पनि त्यस्तो अस्पताल चाहिन्छ।’

संघीय स्वास्थ्य मन्त्रालयले बनाएको खाकाअनुसार अहिलेलाई गण्डकीमा ३ सय शड्ढयाको अस्पताल आवश्यक हुन्छ। त्यसका लागि १ अर्ब ३४ करोड रुपैयाँ लाग्ने प्रारम्भिक अनुमानसमेत भएको डा. शर्माले जानकारी दिए। यसबीच जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना संक्रमणलाई दृष्टिगत गरी सार्वजनिक स्थलमा मेला, भेला, भेटघाट र समारोह नगर्न सबैसँग अपिल गरेको छ। धेरै भीडभाड तथा जनसमुदाय भेला हुने सार्वजनिक कार्यक्रम नगर्न अपिल गर्दै प्रशासनका तर्फबाट सहायक सीडीओ श्रीनाथ पौडेलले सूचना जारी गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.