‘कोरोनाको त्रास नै भए परीक्षासम्म किन पर्खने ?'

‘कोरोनाको त्रास नै भए परीक्षासम्म किन पर्खने ?'

काठमाडौं : हतारमा परीक्षा सञ्चालन गर्नुभन्दा केहि समय विद्यालय नै बन्द गर्न सरोकारवालाले सरकारलाई सुझाव दिएका छन् । कोभिड १९ (कोरोना) भाइरको त्रासका कारण चैत ५ गतेभित्र परीक्षा सक्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले अनुरोध गरे पनि उनीहरूले यस्तो सुझाव दिएका हुन् ।

हतारमा परीक्षा सञ्चालन गर्दा परीक्षाको मर्यादा कायम गर्न नसकिने भन्दै बरु तत्काल स्कुल बन्द गरेर भाइरसको त्रास कम भएपछि पढाइ सुचारु गर्न उपयुक्त हुने उनीहरुको भनाइ छ । यसबारे सुझाव माग्न शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरीराजमणि पोखरेलले बिहीबार सरोकारवालाको बैठक राखेका थिए । बैठकमा एन प्याब्सनका अध्यक्ष ऋतुराज सापकोटाले भने, ‘बरु अहिले नै स्कुल बन्द गरौं । जुन दिन स्कुल खुल्ने वातावरण बन्छ । त्यही दिनबाट पढाइ चलाउँला ।’

कतिपय स्कुलले चैतको दोस्रो साताबाट परीक्षा सञ्चालन गर्ने गरी तालिका सार्वजनिक गरेका थिए । तर मन्त्रालयको अनुरोध आएपछि ती स्कुलमा कसरी परीक्षा चलाउने भन्ने अन्यौल रहेको बैठकमा सहभागीले बताएका छन् । हतारमा परीक्षा चलाए पनि त्यही विद्यार्थीपछि आफूलाई मन लागेको ठाउँमा घुम्न गए भने तयारी विना परीक्षा चलाउनुको के अर्थ ? भन्दै सहभागीले सरकारको ध्यानाकर्षण गराएका थिए ।

बैठकमा प्याब्सन, अभिभावक संघ, राष्ट्रिय परीक्षा बोर्ड लगायत निकायका प्रतिनिधि सहभागी थिए । सहभागीले दिएको सुझाव उप प्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा रहेको समितिमा राख्ने आश्वासन शिक्षामन्त्री पोखरेलले दिएका छन्। कोरोनाको रोकथाम तथा सचेतना अपनाउन सरकारले पोखरेलको अध्यक्षतामा एउटा र मुख्य सचिवको अध्यक्षतामा अर्को समिति गठन गरेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.