शिक्षामन्त्रीले उपकुलपतिलाई सोधे, ‘कोरोना आयो भने विश्वविद्यालयमा कस्तो असर गर्छ ?'

शिक्षामन्त्रीले उपकुलपतिलाई सोधे, ‘कोरोना आयो भने विश्वविद्यालयमा कस्तो असर गर्छ ?'

काठमाडौं : कोभिड १९ (कोरोना) भाइरसको संक्रमण फैलिएमा पर्न सक्ने असरबारे शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले विश्वविद्यालयका उपकुलपतिहरूसँग जानकारी लिएको छ ।

शिक्षामन्त्री गिरीराजमणि पोखरेलले बिहीबार मन्त्रालयमा विश्वविद्यालयका उपकुलपतिहरूलाई बोलाएर सम्भावित जोखिमबाट प्रभावित नहुने गरी शैक्षिक कार्यक्रम तय गर्न निर्देशन दिएका छन् । विश्वविद्यालयमा भइरहेको पढाइ, सार्वजनिक भएका परीक्षा तालिका तथा विद्यार्थीसँग प्रत्यक्ष सरोकार राख्ने क्रियाकलापबारे मन्त्रीले उपकुलपतिहरूबाट जनाकारी लिएका थिए । कोरोनाको प्रक्रोप फैलिएमा प्रभावित हुन सक्ने शैक्षिक गतिविधि र तिनका निराकरणका उपायबारेमा पनि मन्त्रीले उपकुलपतिहरूको राय मागेका थिए ।

पोखरेलका स्वकीय सचिव पुरन केसीले भने, ‘यदि कोरोना भित्रियो भने विश्वविद्यालयका कस्ता-कस्ता शैक्षिक कार्यक्रम प्रभावित हुन्छन् र यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।’ कक्षा ९ सम्मको परीक्षा चैत ५ गतेभित्रमा सम्पन्न गर्ने निर्देशन दिए पनि विश्वविद्यालयले सञ्चालन गर्ने परीक्षाका विषयमा भने सरकारले चासो नदिएको विद्यार्थीले गुनासो गरेका थिए ।

छलफलमा उपकुलपतिहरूले अहिले भएको शैक्षिक गतिविधिलाई निरन्तरता दिने र कुनै समस्या आएमा बैठक बसेर निर्णय गर्ने जानकारी शिक्षामन्त्रीलाई गराएका थिए । छलफलमा त्रिभुवन विश्वविद्यालय, नेपाल खुल्ला विश्वविद्यालय तथा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष लगायत उपस्थित थिए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.