जीप दुर्घटनामा ११ घाइते, तीनको अवस्था गम्भीर
गोरखा : गोरखाको सौरपानीमा भएको जीप दुर्घटनामा ११ जना घाइते भएका छन्। बारपाक सुलीकोट-४ रञ्चोकबाट गोरखा सदरमुकामका लागि छुटेको बा १५ च १०१६ नम्बरको जीप मंगलबार बिहान सात बजे छहरेखोलाको भीरबाट खस्दा ११ जना घाइते भएका हुन्।
प्रहरी चौकी सौरपानीका अनुसार बिमला गुरुङ, रमा गुरुङ, वुद्ध गुरुङ, श्रीमान गुरुङ, क्षेत्रकुमारी गुरुङ, टेकमाया गुरुङ, सनिता गुरुङ, सुकमाया गुरुङ, विनोद गुरुङ, राजकुमारी गुरुङ र जीप चालक आनन्द गुरुङ घाइते भएका छन्। उनीहरुमध्ये विमला, रमा र क्षेत्रकुमारी र सुकमायाको अबस्था गम्भीर रहेको जिल्ला ट्राफिक प्रहरी प्रमुख सुकबहादुर विकले जानकारी दिए।
प्रहरीका अनुसार छहरे खोलाबाट करिब दुईसय मिटर तल पुगेको छ। घटनास्थल गोरखा सदरमुकामबाट ५० किलोमिटर भन्दा टाढा पर्ने भएकाले घाइतेको उद्दारका लागि हेलिकोप्टरको माग भइरहेको तर पाउन नसकिएको स्थानीय इश्वर ढकालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !