जगदुल्ला हाइड्रोपावर : जग्गाधनीलाई मुआव्जा वितरण

जगदुल्ला हाइड्रोपावर : जग्गाधनीलाई मुआव्जा वितरण

डोल्पा : जगदुल्ला हाइड्रोपावर निर्माण क्षेत्रका जग्गाधनीलाई मुआव्जा वितरण गर्न थालिएको छ। एक सय ६ मेगावाट क्षमताको हाइड्रोपावर निर्माण हुने पक्का भएपछि जग्गाधनीलाई एकमुष्ठ मुआब्जा वितरण गर्न थालिएको हो। जगदुल्ला गाउँपालिकाको १ र २ वडाका हुरिकोट र काइगाउँमा हाइड्रोपावरको ड्याम बन्नेछ भने मुड्केचुला गाउँपालिका-४ इलमा जमिनमुनि नहर निर्माण गरिने भएको छ।

प्रभावित क्षेत्रका स्थानीयलाई मुआव्जा वितरणपछि आयोजनाको काम तीव्र रूपले सञ्चालन हुने आयोजना प्रमुख सञ्जयकुमार सापकोटाले बताए। उनका अनुसार जगदुल्लाको काइगाउँमा एक सय ८१ रोपनी र मुड्केचुलाको इल गाउँमा ७७ रोपनी गरेर आयोजनाका लागि कुल दुई सय ५८ रोपनी जग्गा अधिग्रहण गरिएको हो।

प्रतिरोपनी जग्गाको पाँच लाख पाँच हजारका दरले मुड्केचुलाको इल गाउँका जग्गाधनीलाई एकमुष्ठ मुआव्जा वितरण गरिएको हो। मुड्केचुलाको इलमा मात्रै मुआव्जा स्वरूप जग्गाधनीलाई कुल तीन करोड ९८ लाख रकम वितरण गरिएको प्रमुख जिल्ला अधिकारी सुरेश सुनारले बताए। उनले एक औपचारिक कार्यक्रमबीच बिहीबार जग्गाधनीलाई रकम हस्तान्त्रण गरेका हुन्। एकमुष्ठ मुआव्जा रकम पाएपछि जग्गाधनी खुसी भएका छन्।

जग्गाधनी पञ्चबहादुर रोकायाले मुआव्जा पाएपछि आयोजना निर्माणका लागि जग्गा उपलब्ध गराएको बताए। जग्गा अधिग्रहण भए पनि मुआव्जा चित्त बुफ्दो पाएपछि जग्गाधनिले मुअव्जा रकम आयआर्जनका क्रियाकलापमा लगानी गर्ने बताएका छन्। यस्तै आगामी चैत १५ गतेभित्र जगदुल्ला गाउँपालिकाको हुरिकोट र काइगाउँको एक सय ८१ रोपनीका जग्गाधनीलाई मुआव्जा वितरण गर्ने तयारी रहेको आयोजना प्रमुख सञ्जयकुमार सापकोटाले जानकारी दिए।

उनका अनुसार जगदुल्लामा प्रतिरोपनी पाँच लाख १५ हजारको दरले मुआव्जा वितरण गर्ने तयारी छ। मुआव्जा वितरणमै कुल नौ करोड पचास लाख रुपैयाँ खर्च लाग्ने भएको छ। कुल एक सय ६ मेगावाट क्षमताको हाइड्रोपावर निर्माणका लागि ६ दशमलव एक सय ३५ किलोमिटर भर्टिकल लम्बाइको सुरुङ मार्ग निर्माण गरिनेछ। २० मिटर उचाइ र ९० मिटर चौडाइको बाँध बन्नेछ। भने विद्युत् उत्पादन गृह जमिन मुनि नै बन्ने आयोजना निर्माण कार्यालयले जनाएको छ।

करिब २२ अर्बको लगानीमा नेपाल सरकार आफैंले हाइड्रोपावर बनाउन लागेको हो। यस आयोजना निर्माणपछि डोल्पाको मात्रै नभएर कर्णालीकै आर्थिक समृद्धिमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। हाइड्रोपावरको डीपीआर बनाएर तत्काल आयोजना कार्यालय स्थापना गरी सात वर्षमा निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ। तर, हालसम्म आयोजना स्थलसम्म सडकको पहुँच नपुगेकाले निर्माण सामग्री ढुवानीमा समस्या हुने देखिन्छ। जगदुल्ला गाउँपालिका अध्यक्ष नारासिंह रोकायाले आयोजना निर्माण पक्षबाटै सडक निर्माण गरिनुपर्ने माग राखेका छन्।

डोल्पा ः मुआव्जा रकम बुफ्दै जगदुल्ला हाइड्रोपावर निर्माण क्षेत्रका जग्गाधनी। टेकबहादुर शाही


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.